तुलसीपुर–घोराही सडक फेरी बन्द गर्ने चेतावनी



सैघाली खबर
दाङ,६ चैत
तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ मोतीपुरका स्थानीयले तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भत्किएको कल्भर्ट निमार्ण गर्न अल्टिमिटा दिएका छन् । सोमबार बिहान बसेको त्यहाँको एकता टोल विकास संस्थाको बैठकले एक हप्ता भित्र कलभर्ट निमार्ण गर्न माग गरेको हो । बैठक पछि त्यहाँका स्थानीयले सडक डिभिजन कार्यालय दाङमा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा एक हप्ता भित्र कल्भर्ट निमार्ण सुरु नगरिए सडक बन्द गर्ने चेतावनी दिइएको छ । गत बर्षातमा आएको बाढीका कारण भत्किएको मोतीपुरको कल्भर्ट ७ महिना सम्म पनि निमार्ण नभएको भन्दै त्यहाँका स्थानीयले एक हप्ता भित्र कल्भर्ट निमार्ण नगरे सडक बन्द गरिदिने चेतावनी दिएका छन् ।

सो चेतावनी सहितको पत्र उनीहरुले सडक डिभिजन कार्यालय दाङका प्रमुख लाई बुझाएका छन् भने सो को बोदार्थ विभिन्न कार्यालयमा बुझाएको स्थानीय दामु चौधरीले जानकारी दिए । सो पत्रको बोधार्थ तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ को कार्यालयललाई बुझाइएको टोलका अध्यक्ष छोटीलाल थारुले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्