बैज्ञानिक समाजवादी व्यवस्थाकोलागि भन्दै संघर्ष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले सल्यान जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा मागेको छ ।
जनपरिषद् प्रमुख प्रतिक को नाममा काटिएको पत्रमा स्थानीय निकाय गठन गरेर जनताको अर्थतन्त्र र दैनिकि झन् झन् बर्बादिको दिशामा गएको भन्दै तत्काल राजिनामा मागिएको छ ।
कार्यकक्षमै पुगेर नगरपालिका र गाउँपालिका प्रमुखलाई सोमबार बुझाएको पत्रमा जनता लुट्ने लुटतन्त्रका रुपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेरोजगारी, दिनदिनै बाकसमा आउने लास, महंगी, कालोबजारी, असमनताले नेपाली समाज आक्रान्त भएको भन्दै जनपरिषद् सल्यानकोराजिनामा पत्रमा भनिएको छ ।
“तपार्इँको पालीकामा रहेका जनताका तमाम रिपोर्ट हामीकहाँ आउदै गर्दा कर दश गुणा बढाएको सत्तामा रहेका प्रतिनिधिहरुले नै डोजर प्रयोग गर्ने, आफ्नै अनुकुलताको उपभोक्ता समिति बनाउने, आफ्नै अनुकुलतामा बजेट विनियोजित गर्ने, त्यहाँबाट कमिसन खाने, भ्रस्टचार गर्ने, कर्माचारी नियुक्ति गर्दा आफ्नै नातागोताका नियुक्ति गर्ने, त्यहाँबाट आर्थिक लाभ उठाउने जस्ता जनिवरोधी काम गरेकोले यस्तो निति विधिले जनताको बास्तविक विकास निर्माण, राष्ट्रको समृद्विर जनताको सेवा नहुने, यस खालको जनविरोधी सत्ताले जनताका समस्या हल गर्न नसक्ने भएकाले तपार्इ सत्तामा बसिरहन औचित्य देखिदैन्” पत्रमा उल्लेख छ ।
पत्रमा आफूले राजिनामा दिनुको साथै मातहतका प्रतिनिधिलाई पनि राजिनामाको निर्देशन दिन भनिएको छ । त्यसैगरी राजिनामा नदिए उपत्पन्न परिस्थितिको जिम्मेवार आफै हुनुपर्ने बताइएको छ ।
प्रमुख प्रतिकले हस्तक्षार गरेको पत्रमा भनिएको छ, “वास्तविक जनताको परवर्तन गर्न भन्दा जनता लुट्ने लुटतन्त्रका रुपमा दलाल सत्राले लुटिरहेको छ । जसको परणिाम गरिबी, बेरोजगारी, दिनदिनै दिनदिनै बाकसमा लास आउने, महंगी, कालोबजारी र असमानताले नेपाली समाज आक्रान्त छ । त्यसमापनि न्यायपूर्ण आन्दोलन दवाउने कुचेष्टा गरिरहेका छन् । जसका विरुद्ध एकीकृत जनक्रान्ति जारी छ । र, हामी नेपालामा शान्ति समानता सहितको वैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रामा छौँ ।
तसर्थ तपाईँको लुटतन्त्र सहितको प्रतिनिधिको पदबाट राजिनामा दिई आफू मातहतका प्रतिनिधिहरुलाई राजिनामाको निर्देशन दिई पदबाट राजिनामा दिई वैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रामा सहयोग गर्न अपील गर्दछौँ । अन्यता विनम्रताका साथ आगहगर्न चाहन्छौं कि दलाल, सामाजिक दलाल पुँजिवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईँ आफै हुनुपर्ने कुरा स्वत छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।