बाग्लुङको बुर्तिबाङमा बस दुर्घटना, १० घाइते



चैत ६ बाग्लुङ
बुटवलबाट बागलुङको बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना भएको छ ।
लु १ ख ७४३९ नंबरको यात्रुबाहक रात्रिवस आज विहान ४ बजेर १५ मिनेट जाँदा बुर्तिवाङ नगरपालिका १ खप्तरीवाङ गरगरेदेखी २५ मिटर तल बडीगाड खोलामा खसेर दुर्घटना भएको घटनास्थलबाट प्रत्यक्षदर्शी ओम प्रकाश सापकोटाले बताए ।

म अघिल्लो गाडीमा थिएँ, पछीपछी आएको उक्त यात्रुबाहक बस एक्कासी बडीगाड खोलामा खसेको आवाज आयो, उनले भने, बसमा यात्रा गरिरहेकी एक बृद्ध महिला सम्पर्कमा छैनन् अन्य करीब १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको छ ।’

‘१७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालयको भ्यानमा राखी बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई सकिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानाकारी दिए । घाईते यात्रुहरु मध्य एक जनाको टाउकोमा चोट लागेको उनले बताए ।

उता बुर्तिवाङ स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रितु पौडेलका अनुसार घाईतेहरु मध्य दुईजनाको अवस्था केहि नराम्रो देखिएपनि अन्यको अवस्था सामान्य रहेको छ । उपचारार्थ स्वास्थ्य केन्द्रमा रहेका अधिकाँश यात्रुहरुले बस ड्राईभरले नचलाएर कण्डक्टरले चलाएको बताएका छन् ।

यसैवीच बेपत्ता भएकी महिला यात्रु कसैले भिङगिठेमा उत्रिएको बताएका छन भने कसैले चालकको छेउमा बसेको बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्