सप्तरी
नहुने मति तीन खती भने झैं एकजना गाँउपालिकाका अध्यक्षलाई यस्तै भएको छ ।
सेवा माग्न आएका आफ्नै मतदातालाई जनप्रतिनिधिले कुटेको सुन्दा तपाइलाईविश्वास नलाग्न सक्छ ।
तर, सप्तरीमा यस्तै भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले सेवाको लागि आएका एक युवकलाई निर्घात कुटपिट गरेका छन् ।
सोही गाउँपालिकाका अनिलकुमार साहलाई गाउँपालिकाका अध्यक्षले कुटेका हुन् ।
२२ वर्षीय साह न्यायको लागि अध्यक्षको घरमै पुगेका थिए ।
अध्यक्षको कुटपिटबाट गम्भीर घाइते भएका साहको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
उनको छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेको अस्पतालले बताएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।