अाज अन्तर्राष्ट्रिय भँगेरा दिवस



सैघाली खबर,चैत ६, काठमाडौं स् मार्च २० अर्थात् अन्तर्राष्ट्रिय भँगेरा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् २०१० बाट विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको भँगेरा दिवस नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो।

यस अवसरमा नेपाल पक्षी संरक्षण संघलगायत विभिन्न संघसंगठनले कार्यक्रम गर्दैछन्। विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर, रुख, कैलो, पीतकण्ठे र स्पेनिस गरी पाँच प्रजातिका भँगेरा मात्र पाइने बताइन्छ। यीमध्ये घर र रुख भँगेरा घर, बस्ती र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन् ।

घर भँगेराले विशेषगरी मानव निर्मित घर र मठमन्दिरमा गुँड बनाएर बच्चा कोरल्छ। बाँकी प्रजातिले घर बाहिर नै गुँड बनाउँछन्।

केलाएर फ्याँकिएका, पोखिएका र छरिएका अन्न खाने,बालीमा लाग्ने कीराफट्याङ्ग्रा खाइदिएर मानवबस्ती वरपरको पर्यावरण सन्तुलन राख्ने पक्षीको रूपमा भँगेरा महत्त्वपूर्ण मानिन्छ। बासस्थान विनाश, आहाराअभाव र वातावरणीय असन्तुलनका कारण भँगेरा नाँसिदै गएको पर्यावरणविद्हरू बताउँछन्।

पहिलेजस्ता खटप्वालयुक्त घर नबनाइने, खेतबारीमा अत्यधिक कीटनाशक औषधि र विषादीको प्रयोग तथा रुखिवरुवा मास्ने कार्यले भँगेरा घटाउन मद्दत गरेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्