बिचल्लीमा परेका बालबालिकालाई महताराको सहयोग



दिपक बोहरा,
तुलसीपुर ६ चैत ।

तुलसीपुरका समाजसेवी टोप बहादुर महताराले बिचल्लीमा परेका बालकहरुलाई सहयोग गरेका छन् । उनीहरुको पठन पाठनमा सहयोग होस भनी मंगलबार घरमै पुगि आर्थिक सहयोग गरेका हुन् । तुलसीपुर १३ फुलवारीका बिचल्लीमा परेका २ जना बालकहरुलाई पठनपाठनमा सहयोग होस भनी तीन हजार नौ सय रुपैंया आर्थिक सहयोग गरेका हुन् ।

फागुन २७ गते आईतबार तुलसीपुरबाट सञ्चालन भईरहेको राप्ती समाचार राष्ट्रिय दैनिकमा छापिएको ‘शाहारा गुमाएका नाबालकहरु’ शिर्षकको समाचारबाट प्रभाबित भई उनले उक्त सहयोग गरेका हुन् । उनीहरुको पढाईमा कुनै पनि अबरोध नहोस भनी उनीहरुलाई सहयोग गरेको महताराले बताए । तिहारको समयमा बुवाको निधन भएपछि अहिले ८ बर्षका अमृत रेउले, ६ बर्षका गोबिन्द रेउले र २ बर्षीय रेशम रेउले बिचल्लीमा परेका छन् ।

महताराले पहिलो तीन महिनाका लागि अमृतका लागि तीन महिना सम्मको ८ सयका दरले २ हजार ४ सय र गोबिन्दका लागि पाँच सयका दरले १ हजार पाँच सय गरी तीन हजार नौ सय आर्थिक सहयोग गरेका हुन् । तीन महिना पछि पुनः सोही दरमा उनीहरुलाई पठन पाठन खर्च उपलब्ध गराउने उनले बताए

महतारा सहित माओवादी केन्द्रका युवा नेता दिपशिखा जिएमलगायतको टोलीले ती बालबालिकाका आफन्तलाई तीन हजार नौ सयको चेक हस्तान्तरण गरिएको हो ।

बुवा सेबिराम रेउलेको निधन भएपछि अहिले उनीहरु बेसाहारा जस्तै बनेका छन् । आमा पनि अशक्त भएपछि अहिले दैनिक घरखर्च कसरी चलाउन नै धौ धौ भएको छ । घर चलाउन समस्या भएपछि अहिले उनीहरु आफ्नो मामा घर बसिरहेका छन् । तुलसीपुर १० गोलौरामा रहेको मामा घरमा बस्दै आएका छन् ।

मामा घरमा पनि हजुर आमा बाहेक अरु कोही छैनन् । हजुर आमा ७० बर्ष नाघिसकेकाले घर चलाउन पनि सक्ने अबस्था छैन् । अमृत कक्षा २ मा पढ्छन्, भने गोबिन्द कक्षा १ मा पढ्छन् । उनीहरुको पढाई पनि प्रत्यक्ष रुपमा प्रभाबित भईरहेको छ ।उनीहरुको आम्दानीको कुनै स्रोत नभएपछि किताब, कापी किन्न पनि धौ धौ भईरहेको छ । अर्को तर्फ घरमा आमा र हजुर आमा अशक्त भएपछि आफै खाना पकाएर खाने देखि घरका सबै काम गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा उनीहरुको पढाईमा प्रत्यक्ष असर परिरहेको छ ।।

 

​​

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्