विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन



सैघाली खबर
दाङ,६ चैत

घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका सरकारी र निजी विद्यालयको सञ्चालन अनुमती र कक्षा थपका लागि नगर प्रमुखको संयोजकत्वमा अनुगमन गरि निर्णय लिने समिति गठन गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा सामाजिक विकास समितिका संयोजक, प्रमुख प्रशासकिय अधिकृत, ५ वटा सम्बन्धित वडाका अध्यक्षहरु सदस्य र शिक्षा शाखा प्रमुख सदस्य सचिब रहेको विद्यालय सञ्चालन तथा कक्षा थपका लागि निर्णय लिने समिति गठन गरेको हो ।

 

साथै नगर क्षेत्रमा रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षणका लागि प्रत्येक वडाहरुलाई पत्राचार गर्ने निर्णय समेत भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले योजना अनुगमन जाँचपास तथा फरफारकका लागि उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा पूर्वाधार विकास समितिका संयोजक लछिनप्रसाद बुढामगर, कार्यपालिकाका सदस्य पशुपति चौधरी, सम्बन्धीत वडाका वडा अध्यक्षहरु, प्राविधिक विरबहादुर वली सदस्य र शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सदस्य सचिब रहने व्यवस्था गरिएको छ ।

साथै बैठकले घोराही उपमहानगरपालिकाको दोश्रो हिउँदे नगर सभा यही चैत्र १० गते गर्ने निर्णय भएको छ । यसैविच बैठकले उपमहानगरपालिकाको कानून निर्माणमा आवश्यक सहयोगका लागि पूर्व न्यायाधिश नारायणप्रसाद धिताललाई विशेषज्ञको रुपमा नियुक्त गरेको छ ।

 

साथै मध्यपश्चिम क्षेत्रिय प्रहरी आवासीय माध्यामिक विद्यालय गुलरिया दाङको नाम परिवर्तनका लागि पेश भएको निबेदनका आधारमा नेपाल पुलिस स्कुल घोराही दाङ रहने निर्णय गरिएको उपमहानरका प्रबक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

यसैगरी, प्रथम नगरसभाबाट पारित भएको नगर हरियाली प्रर्बद्धन कार्यक्रम अन्तरगत कटुवाखोला देखी तुलसीपुर चोक सम्म बृक्षारोपण् तथा सजावटमा ३० लाख रुपैयाँ बिनियोजन भए अनुसार काम गर्ने निर्णय भएको छ ।

 

त्यसैगरी खेल क्षेत्रको प्रबद्र्धनका लागि जेसीज कप क्रिकेट खेल सञ्चालन गर्न डेढ लाख, जेष्ठ नागरिक जिल्ला संघको अधिबेशनका लागि डेढ लाख र जयसेर मावि रावत गाउँलाई १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्