भान्सा छोएको भन्दै दलित बालक माथि कुटपिट



सैघाली खबर
सुर्खेत , ६ चैत । भान्सा छोएको निहुँमा सुर्खेतमा एक दलित बालक माथि निर्मम कुटपिट भएको छ । स्थानीय चक्र शाहीले दौंतरी भीमबहादुर विकलाई आफ्नो घरभित्र टर्च (लाइट) लिन गएका बेलामा घरको भान्सा छोएको निहुँमा निर्मम कुटपिटमा परेका छन । टर्च लिन घरभित्र पसेका विकले भान्सा छोएको आरोपमा बुधबार निर्घात कुटाइ खानुपर्यो ।

पश्चिम सुर्खेतको कुनाथरीस्थित गबेना गाउँका यी दुई बालकबीच कुनै जातीय भेदभाव थिएन । दलित र गैरदलित परिवारमा जन्मिए पनि उनीहरूबीच घनिष्ट मित्रता थियो । भान्सा छुँदा साथीले कुटाइ खानुपर्ला भन्ने सोचेको भए सायद चक्रले आफ्नो घरभित्र पस्न बल गर्ने थिएनन् । तर दलितले भान्सा छोएको भन्दै चक्रका अभिभावकले ९ वर्षीय भीमबहादुर विकलाई निर्घात कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ । भीमबहादुर विकको शरीरभरि नीलडाम छन् । छिमेकीको कुटाइपछि घाइते भएका उनी हिँडडुल गर्न सक्दैनन् ।

स्थानीय वरडाँडा विद्यालयमा कक्षा ३ मा अध्ययरत भीमबहादुरले साथीको घरभित्र पस्दा कुटाइ खानुपर्ला भन्ने कल्पना नै गरेका थिएनन् । तर स्थानीय बाटु शाही र उनका छोरा भरतले भान्सामा दलितले छोएको भन्दै आफूमाथि कुटपिट गरेको भीमबहादुरले बताए । शरीरको घाउ देखाउँदै उनले भने, ुमलाई चक्रले घरभित्र पठायो, बाहिर आउँदा किन भान्सामा छोएको रु भन्दै उसका आफन्तले कुटे ।

मलाई खोलामा लगेर कुटपिट गरे, बेहोस भएपछि घरमा ल्याएर फालेछन् ।ु जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी जैसरा विकले परिवार नै मिलेर आफ्नो छोरामाथि कुटपिट गरिएको बताइन् । उनले भनिन्, ुम गोठालो गएकी थिएँ, दिउँसो घरमा आउँदा छोरो थिएन । खोज्दै जाँदा बेहोस अवस्थामा फेला पारेँ, कुटपिट गरेर बेहोस भएपछि उनीहरूले आफ्नै घरभित्र लुकाएछन् ।ु

दलितले भान्सा छोएको भन्दै निर्मम ढंगले छोरामाथि कुटपिट गरिएको उनको भनाइ छ । ुआजसम्म मिलेर बसेका थियौं, आफ्नै छिमेकीले यस्तो गर्लान् भन्ने सोचेकी पनि थिइनँु, उनले थपिन्, ुदलित भएकै कारण हामीले कति पीडा सहने रु अब दोषीलाई कानुनी कारबाही हुनुपर्छ । गाउँमै मिलाउन खोजेका थिए, म न्याय माग्दै सदरमुकाम आएकी हुँ ।ु पीडित बालकका मामा जगदीश विकले जातकै आधारमा आफुहरुमाथि विभेद गरिएको बताए ।

आरोपित बाटुले भने आफूले नभई आफ्नो छोराले मात्र कुटेको दाबी गरेकी छन् । उनले भनिन्, ुदलित हाम्रो घरभित्र पस्दा छोरालाई देउता आयो, शरीरमा देउता चढेपछि छोरोले नै यसलाई कुटेको हो । म घरदेखि केही टाडा थिएँ, मैले उसलाई छोएको छैन ।ु घरभित्र पसेर भान्सामा छोएपछि छोरोले कुटेको उनले स्वीकार गरिन् । घटनाबारे ढिला मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे छानबीन सुरु गरिएको भन्दै प्रहरीले जातीय भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही थालिने प्रहरीको भनाइ छ । जातीय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजारसम्म नगद जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्