पुर्वलडाकु अहिले व्रह्माचारी



सैघाली खबर
सिरहा ,६ चैत । व्रह्मचारी बनेका माओवादी पूर्वलडाकु हिसिला यमीलाई भेटेपछि भक्कानिए । युद्धको अवधिमा प्लाटून कमान्डरको रुपमा पूर्वी नेपालमा सक्रिय राम परिक्षण साफी अहिले सिराहमा व्रह्मचारी जीवन भोगिरहेका छन् ।

साफीकै नेताको रुमपा रहेकी तत्कालिन सहयोद्धा तथा नयाँ शक्ति नेपालकी नेत्री हिसिला यमीले अचानक साफीलाई भेटेपछि दुबै भावुक भए ।

साफीको व्रह्मचारी नाम रामानन्द व्रह्मचार्य हो । पछिल्लो साता यमीले उनलाई भेटेपछि दुबै भावुक भएर रोए ।

यमीले आफ्नो ट्वीटरमा पनि भनेकी छन्, ‘हामी दुबैको आँखामा आँशु आयो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्