सडक अतिक्रमण हटाउन डोजर चलाउदै उपमहानगर



सैघाली खबर
दाङ,७ चैत

तुलसीपुर उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरि निर्माण गरेका संरचना हटाउन डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाईएका भ¥याङ्, बोर्डलगायतका संरचना हटाउन शुरु गरेको छ । लामो समयदेखि सार्वजनिक सूचना जारी गरेपनि अटेरी गरेपछि डोजर लगाएर अतिक्रमित संरचना हटाउन शुरु गरेको हो । अतिक्रमित संरचनाहटाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहित यस क्षेत्रका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

तुलसीपुरमा जारी सरसफाई अभियान अन्तरगत मंगलबार सडक अतिक्रमित संरचना हटाईएको हो । स्मार्ट सिटी बनाउने कल्पना अनुसार उक्त कार्यको शुरुवात गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।

उपमहानगरपालिकाले विगत तीन महिना देखि सडक अतिक्रमण गरि निर्माण गरिएका सामाग्री हटाउन सार्बजनीक सुचना जारी गरेको थियो । तर त्यसको अटेरी गरेको भन्दै आफैले अतिक्रमण हटाउन शुरु गरेको हो । मापदण्ड विपरित टाँगिएका होरिङ वोर्डहरु समेत हटाउन सुरु गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्