कालिकोट महाबु गा.पा प्रमुख-उपप्रमुखमाथी भ्रष्टाचार गरेको आरोप



एमाले-माकेको संयुक्त विज्ञप्ति

७ चैत
कालिकोट
कालिकोटजिल्लाको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंह र उपप्रमुख मोहनराज शाहीले गाउँपालीकाको रकम मनोमानी रुपमा बाडेर करोड भन्दा बढी हिनामिना गरेका छन् ।
‘गाउँगाउँ सिंहदरवार’ भन्दै नेपाली काँग्रेसबाट चुनाव जितेका सिंह र शाहीले चुनाव भएको वर्ष दिन बित्न नपाउँदै संस्थागत रुपमा भ्रष्टाचार गरेको भेटिएको छ ।
सार्वजानिक खरिद ऐन अनुसार कुनैपनि सूचना प्रकाशन गरेर काम गर्नुपर्ने हुन्छ तर यो गाउँपालिकामा त्यो भएको छैन । बिल भरपाई विना नै अध्यक्ष सिंहले ५० लाख रकम आफू खर्च गरेका छन् । अध्यक्षले भ्रष्टाचार गरेको भन्दै वडा नम्बर ६ का अध्यक्षको संयोजकत्वमा छानविन समिति समेत बनेको थियो ।
प्रमुख र उपप्रमुखको मिलेमतोमा गाउँ कार्यपालिका र गाउँसभाले निर्णय विनै कन्सल्टेन्टको लागि भन्दै १० लाख, डाँफे आप्र नकु मावि, डिल्लीकोट लेखगेला घोरेटो बाटो लगायतका योजनामा विना बिल भरपाईमै १ करोड रकम खर्च गरेको पाइएको छ । त्यस्तै लक्षित वर्ग, महिला, दलित, किसान र बालबालकाहरुलाई रकम विनियोजन भने बजेट विनियोजन गरिएको छैन ।

गाउँसभाले ४० लाख भ्रमण खर्च भनेर छुट्टाएपनि नियम विपरिप आफ्नो भाग भन्दै ४० लाख वितरण गरिएको पाइएको छ । गाउँपालिकाको कार्यसमितिले करारमा कर्मचारी नियुक्त गर्दापनि ऐन २०७४ नियम अनुसार नभई आचारसंहिता लागु भएकै बेलामा पनि कर्मचारीलाई नियुक्ति गरेको छ ।

त्यसैगरी बिरामी उपचारका लागि औषधि खरिद स्वास्थ्य कार्यालयले गर्नुपर्ने भएपनि गाउँपालिकाका जनप्रतिनिधिले सरकारबाट निःशूल्क उपलब्ध हुने औषधिको खरिद बिल बनाई रकम हिनामिना गरिएको छ । केही महिना अगाडि मात्र पान्तडीदेखि हिमढुङ्गा हँुदै कुनिसम्मको बाटो निमार्ण गर्ने क्रममा १३ लाख अनियमितता भएको स्थानीयले बताउँदै आएका थिए । सोही विषयको छानविन गर्न स्थानीय राजेन्द्र थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

गाउँपालिकाले महावुअ पादम सडकमा ५५ लाख विनियोजन भएपनि हाल ४० लाखको काम मात्र गरेर बाँकी १५ लाख हिनामिना भएको भेटिएको छ । त्यसैगरी सामाजिक भत्ता पारदर्शी तरिकाले वितरण नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाल्दै आपत्ति जनाएका छन् ।

एमालेका महाबै गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माकेका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले सोमबार संयुक्त विज्ञप्ति गरेको विज्ञप्तिमा सार्वजानिक खरिद ऐन बमोजिम कुनैपनि सामान खरिद नगरेर गाउँपालिका अध्यक्षले अनियमितता गरेको बताइएको छ । विज्ञप्तिमा छानविन गरेर कारवाहीको माग गरिएको छ ।

  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्