मुलुकमा फेरि द्धन्द हुन्छः डा भट्टराई



काठमाडौँ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा द्वन्द्वको बीउ रोपिने र फेरि युद्ध हुने बताएका छन् ।
पार्टीको प्रदेश नं १ र २ का कार्यकर्तालाई प्रशिक्षण दिँन मधेस झरेका संयोजक भट्टराई मंगलबार विहान लहानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधान संशोधन गरेर मधेसी जनताका माग पूरा गर्नुपर्ने बताए ।

उनले संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले बताउँदै त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

संयोजक भट्टराईले मधेशी दलका नेताप्रति गम्भीर आरोप लगाए ।

उनले मधेसी नेताहरुले अवसरवादी प्रवृत्ति देखिएको बताउँदै संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न समेत सुझाव दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्