प्रहरीमा नयाँ आईजीपी को बन्ला अब ?



सैघाली खबर
काठमाडौ,७ चैत

नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक आईजीपीका लागि तीन प्रहरी नायब महानिरीक्षक डीआईजीहरु प्रतिस्पर्धामा रहेका छन्। आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कार कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन्।

वरीयतामा अहिले खनाल अगाडि छन्। खनालपछि खरेल र कार्की छन्। यी तीने जना २९ माघ ४६ मा प्रहरी निरीक्षक बनेका थिए। खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेस गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक ९असई० बाट सेवामा प्रवेश गरेका हुन्।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए। खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन्। डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्वरमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्