राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधानमा सवैको चाँसो



सैघाली खबर

दाङ, ७ चैत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न मंगलवार जिल्लाका सम्पर्ण राजनीतिक दल, नागरिक समाज, संघसंस्था र बुद्धिजीवहरुले विवाद समाधानको उपयुृक्त निकास खोज्ने प्रतिवद्धता जनाएके छन ।
जिल्ला संमन्वयको अगुवाईमा सर्वपक्षीय बैठकले सञ्चालनको लागि सवै क्षेत्रले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । जिल्ला समन्वय समितिले पहलमा सर्वदलिय र सर्व पक्षिय छलफलमा प्रतिष्ठान सञ्चालनको लागि सवै क्षेत्रले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र राप्ती उपक्षेत्रीय अस्पताल विचमा विवाद देखा परेपछि जिल्ला समन्वय समितिले पहल थालेको हो । सवै क्षेत्रवाट प्रतिष्ठान सञ्चालनको लागि सहयोग गर्ने प्रतिवद्धता भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा विकास गर्ने वा प्रतिष्ठान छुटटै चलाउनेमा विवाद देखा परेको छ । विवादका कारण प्रतिष्ठानले काम अघि बढाउन सकेको छैन । केही दिन अघिको छलफलले प्रतिष्ठानमा देखा परेको विवादमा समन्वयको भूमिका खेल्नलागि जिल्ला समन्वय समितिलाई जिम्मा दिएको थियो ।

मगलवार भएको बैठकमा मुख्य राजनीतिकदल, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार संघका प्रतिनिधिको सहभागिता थियो । बैठकमा एमालेका उपसचिव सुरामणि बेल्वासे, नेपाली काँग्रेसका उपसभापति कमानसिंह भारती, नेकपा माओवादीका विश्वराज आचार्य, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोशी लगायतको सहभागिता थियो । छलफल जिल्ला समन्वय समितिका अध्यक्ष नेपालीको अध्यक्षतामा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्