शुक्रबार देखि विदा बस्ने भनिएपनि कर्मचारी सरूवाको सूची लिएर मन्त्रालय पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृहमन्त्री थापाले हप्काएका छन ।
सरुवाको सूची बोकेर भेट्न गएका अर्याललाई शुक्रबार थापाले सचिव र सहसचिवको कार्यकक्षमा बस्न लगाएर आफू भने बाहिर निस्किएका थिए ।
धेरै प्रहरी अधिकृतहरू बढुवाको लाइनमा रहेको र ५० भन्दा बढी अधिकृतहरू घर जाने लाइनमै रहेको बेला महानीरिक्षकले सरूवा सुची बोकेर मन्त्रालय पुगेका थिए । प्रधानमन्त्री ओलीसँग औपचारिक भेट गर्न नपाउदै सरूवा लिष्ट बोकेर गृहमन्त्रालय छिरेका अर्याललाई गृहमन्त्रीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए । शुक्रबार दिउसो एक कार्यक्रममा सरुवा सूचीसहित गृहमन्त्रालय पुगेका प्रकाश अर्याललाई गृहमन्त्री थापाले अहिले हतार छैन भन्दै फर्काइदिएको मन्त्रालय स्रोतले जनाएको छ ।
अर्याल लगायत १५ एआईजी र ६ डिआइजीहरूको जागिर खाने दिन अब २२ दिन मात्रै छ । उनीमात्र होइन उनको समूहका सबैको त्यही २२ दिन नै हो । अवकाशको दिन नजिकिँदै गर्दा महानिरीक्षक अर्यालले लामो समयदेखि रोकिएको सरूवा प्रक्रियालाई सुचारू गर्नका आफना केही आसेपासेको सहित सरूवा लिष्ट तयार गरी गृहमन्त्री रामबहादुर थापा समक्ष पुगेपनि मन्त्री थापाले केही दिन पख्नुस् भन्दै आइजिपी अर्याललाई फर्काइदिएका थिए । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना बित्न लाग्दासमेत प्रहरीको सरूवा र बढुवा हुन सकेको छैन ।
हतारमै मानवस्रोत र कर्मचारी प्रशासन शाखालाई सरूवाको सूची बनाउन लगाएर उनी मन्त्रालय पुगेका हुन् । निर्वाचनका समयमा कतिपय प्रहरी अधिकृतहरूले आफू नजिक रहेको निश्चित पार्टीको पक्षमा कार्य गर्ने र विवादमा पर्ने गर्दछन् । यस पटक पनि त्यो क्रमले निरन्तरता पायो । निर्वाचन सकिसकेपछि पनि सरूवा हुन सकेन ।
सरकार गठनसँगै सरूवा हुने भनिए पनि त्यो हुन सकेको छैन । प्रधानमन्त्री केपी ओली वर्तमान आइजिपी प्रकाश अर्यालसँग रूष्ट छन् । नवराज सिलवाल प्रकरणमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र आइजिपी अर्यालले गरेको पदीय दुरूपयोगका कारण पनि ओली देउवासँग मात्रै होइन अर्यालसँग पनि त्यत्तिकै रूष्ट छन् ।
यही कारण पनि अर्यालको कार्यकालमा प्रहरीको सरूवा, बढुवा गर्ने पक्षमा प्रधानमन्त्री ओली नभएका कारण अर्यालले सरूवाको लिष्ट लिएर जाँदा गृहमन्त्री थापाले फर्काइ दिएका हुन् । शुक्रबारबाट ६ दिन विदामा बस्ने तयारी गरेका आइजीपी अर्याललाई एक्कासी गृहमन्त्रालयले बोलाएको थियो त्यही मौकामा सरूवा सूची बोकेर पुगेका थिए ।
लामो समयदेखि प्रहरीमा धेरै पदहरू रिक्त रहेपनि बढुवा हुन सकेको छैन । पद रिक्त हुँदा पनि बढुवा नभएका कारण प्रहरीमा नैराश्यता छाएको छ र क्यारिएर भएका अफिसरहरूपनि बढुवा हुनबाट बन्चित छन् ।
एसपीसम्मको सरूवा गर्ने अधिकार महानिरीक्षकलाई भए पनि आइजिपी अर्यालले मन्त्री र प्रधानमन्त्रीले सहमति नदिए पनि सरूवा गर्न सक्ने आँट गर्न सकेका छैनन् ।
कानुनले दिएको अधिकारसमेत प्रयोग गर्न नसकेको भन्दै संगठनभित्रै पनि आइजिपी अर्यालको आलोचना हुन थालेको छ । अर्यालले बिदामा बस्ने–नबस्ने अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् । विगतमा आइजिपी एक महिनाअघि नै बिदा बस्ने प्रचलन थियो । पछिल्ला वर्षहरूमा बिदा बस्ने प्रचलन हटेको छ । अर्यालको पनि जागिर अवधि केबल २२ दिनमात्रै रहेका कारण उनले बिदा बस्ने–नबस्ने निर्णय गरिसकेका छैनन् ।
उनी बिदा बसेका खण्डमा निमित्त आइजिपीको जिम्मा एआइजीमा पहिलो नम्बरमा रहेका बमबहादुर भण्डारीले पाउनेछन् । एक प्रहरी अधिकृतले भने आइजिपी बिदा बसेर भण्डारी निमित्त भएका खण्डमा रोकिएको प्रहरीको सरूवा भने हुनेछ । प्रकाश अर्याल विदामा बसेभने सरकारलाई समेत कुनै एक डिआइजीलाई एआइजीमा बढुवा गर्न बाटो खुल्ने भएपनि उनी अटेर गरेर २८ चैत नै कुर्ने अवस्था रहेका छन् । प्रधानमन्त्रीले समेत विफ्रिङ नलिएपछि उनी आफैले विदा बस्नुपर्ने बुझ पचाएर मन्त्रालय प्रहरी प्रधानकार्यालय गर्दे बसिरहेको जनप्रहार साप्ताहिकमा समाचार छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।