‘प्रादेशिक राजधानी दाङले होईन प्रदेशले खोजेको छ ’



सैघाली खबर
दाङ, ७ चैत । संघिय संसदका सभामुख कृष्ण वहादुर महराले प्रदेश नं. ५ को राजधानी दाङले खोजेको नभई प्रदेशले नै रोजेका बताउनुभयो । जसका लागि सदन आन्दोलन अझै जारी रहेको उहाँले टिप्पणी गर्नुभयो । नागरिक समाज दाङले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।


दाङ क्षेत्र नं. २ वाट निर्वाचित भएका महरा संघिय संसदको सभामुखमा निर्वाचित भएपछि पहिलो दाङ आउनुभएका सभामुख महराले प्रदेश नं. ५ को राजधानीको आन्दोलन सडक हुदै सदनमा प्रवेश गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अस्थाई मुकाम आन्दोलन अझै शशक्त छ । ’ जसका लागि प्रदेश सदस्यहरु गम्भिरताका साथ छलफल गरिहेको उहाँको भनाई छ ।

नागरिक समाज दाङले बुधवार घोराहीमा गरेको स्वागत सम्मानमा सभामुख महराले यस्तो बताउनुभएको हो । सातवटै प्रदेशहरु मध्ये ४ र ६ वाहेक अन्य प्रदेशमा विवादको आन्दोलन अझै कायमै रहेकाले त्यस वारे सरकारले गम्भिरताका साथ निर्णय गर्ने पनि उहाँको विश्वास छ । उहाँले भन्नुभयो – ‘ प्रादेशिक राजधानी दाङले होईन, प्रदेशले खोजेको हो । ’ राजधानी आन्दोलन तुहाउने काम दाङकै केही शक्तिको चलखेल चलेका नागरिक समाज त्यसवारे चनाखो भई लाग्न पनि उहाँको सुझाव छ ।

सभामुख महराले दाङको विकासका लागि आफुले कुनै पनि कसर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जसका लागि आफुले सक्दो ताकत प्रयोग गरी दाङको समृद्धिका लागि काम गरेर देखाउने उहाँको भनाई छ । दाङको विकास लागि विगत देखी नै आफुले अथक प्रयास गर्दै आईरहेकाले त्यो प्रयासलाई सार्थक बनाउन नागरिक समाज, राजनीतिक दल र अन्य सरोकारवाला पक्ष तदारुपताका साथ लाग्नुपर्ने उहाँको भनाई थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादमा व्यक्तिगत स्वार्थ हावी भएकाले त्यसो नगर्न पनि उहाँको सुझाव छ । उहाँले भन्नुभयो – ‘दाङमै स्तरिय स्वास्थ्य सेवाका लागि नमुना मेडिकल कलेज स्थापनाका लागि प्रतिष्ठान स्थापनाका गर्न लागिएको हो । ’ तर व्यक्तिवादी स्वार्थका कारण प्रतिष्ठान चपेटामा रहेकाले त्यस तर्फ पनि ध्यान पु¥याउन नागरिक समाजमा सुल्झाउनुभयो । कार्यक्रममा नागरिक समाजका सस्थापक संयोजक नारायण प्रसाद शर्माले राज्यलेका संरचना फेरिए पनि नागरिक राज्यले अपनत्वको अनुभुती गर्न नपाएकाले राज्यले संस्कारीक चिन्तन फेरिन अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , नागरिक समाजका दामोदर भण्डारी लगाएतकाले भनाई राख्नुभएको थियो । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षता तथा संघिय संसदका सभामुख कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता एवं नागरिक समाज दाङका सस्थापक संयोजक नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्