सम्पादक मल्ललाई विदाई



सैघाली खबर,
घोराही ७ चैत्र। नौलो जनउभार साप्ताहिकका सम्पादक डिल्ली मल्लको बिदाई गरिएको छ ।

पत्रिकाले बुधवार एक कार्यक्रमको आयोजना गरी मल्ललाई औपचारिक रुपमा विदाई गरेको हो । दश वर्ष देखि नौलो जनउभारमा कार्यरत मल्ल सभामुख कृष्णबहादुर महराको सञ्चार विज्ञमा नियुक्त हुनु भएको छ।

मल्ललाई पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक अजयदीप शर्माले खादा र अविर लगाएर विदाई गर्नु भएको थियो । उनले जनपक्षिय पत्रकारिताको यात्रालाई निरन्तर जारी राख्न मल्ललाई सुझाव तथा कार्यकालको सुभकामना दिनु भएको थियो। ।

मल्लले पत्रकारिताको शुरुवात जनउभारबाट नै भएको उल्लेख गर्दै दश वर्षको अवधिमा आँफूले धेरै कुरा सिक्ने अवर पाएको बताउनु भएको थियो। । ‘ ’

सो अवसरमा पत्रिकाका प्रवन्ध सम्पादक जनक नेपालीले पनि – मल्ललाई शुभकामना दिनु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्