असार ४
च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको एउटै समूहमा रहेका दुई टिम फाइनलमा भिड्न लागेका हुन् । खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । च्याम्पियन्स ट्रफीको आठौं संस्करणको फाइनलमा आज भिड्दा साविक विजेता भारत तेस्रो पटक उपाधि जित्ने अभियानमा छ भने पाकिस्तान पहिलो उपाधिको खोजीमा रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।