मुस्कान नेपालीलाई न्याय माग्दै बृहत विरोध प्रदर्शन



सैघाली खबर,
भालुबाङ ७ चैत्र ।
सामुहिक बलात्कारपछि हत्या गरिएकी मुस्कान नेपालीको सम्बन्धमा प्रसासनले लापरवाही देखाएको विरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको अगुवाईमा विरोध प्रदर्शन गरिएको छ । फागुन २१ गते भालुबाङनजिकै दाङ र अर्घाखाचीको सिमानामा पर्ने जंगलमा मुस्कान नेपालीको अर्धनग्न अवस्थामा सामुहिक बलात्कारपछि हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो ।

उक्त घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको आयोजनामा दैनिक मजदुरी गरेर खाने गरिब निमुखा मुस्कानको हत्याको विरोध गर्दै हत्याको सत्यतथ्य छानबिन गर, घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर, महिलामाथि हुने हत्या, हिंसा बलात्कार बन्द गर, महिला हिंसा अन्त्य गरौं, महिलामाथि हुने सम्पूर्ण दमन तथा उत्पीडनका विरुद्ध संघर्ष गरौं, सम्पूर्ण श्रमजीवि महिलाहरु एक हौं लगायतका नारा जुलुस गर्दै आज भालुबाङको विभिन्न ठाउँको परिक्रमा गर्दै तीनकुने चोकमा कोणसभा भएको थियो ।

सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष जानकी दहितले मुस्कान नेपालीको हत्याको तुरुन्त सत्यतथ्य अनुसन्धान गरि अपराधीलाई सोहीअनुसारको कारबाही हुनुपर्ने बताए।

यसैबीच सोही कार्यक्रमका बीच दाङमा एकिकृत महिला जागरण उद्घाटन गरिएको छ ।
महिलामाथि भैरहेका सम्पूर्ण दमनका विरुद्ध संघर्ष गरौं वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौं  भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानको पहिलो दिन आज सामुहिक बलात्कारपछि मुस्कान नेपालीको हत्याको विरोधमा भालुबाङमा विरोधप्रदर्शन तथा विरोधसभा गर्दै गाडिमा महिलामाथि हिंसा तथा दुरव्यवहारजन्य क्रियाकलाप नगरि व्यवहारिक रुपमै स्वतन्त्रतापूर्वक गाडिमा आवतजावतको वातावरण मिलाउन सबैलाई जानकारी गराइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्