सैघाली खबर,
चैत ७ तुलसीपुर ।।
तुलसीपुर उपमहानगरपालीका १९ विजौरीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालीका १९ दोघरे निवासी १६ बर्षिय पुजा नेपाली रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ । घोराहीबाट तुलसीपुर आउदै गरेको लु १ च ४६३६ नम्बरको कुखुरा बोक्ने पिकअपले नेपालीलाई विहान ११ बजेर ४५ मिनेटमा विजौरी क्याम्पस चोकमा ठक्कर दिएको थियो । गम्भिर घाईते भएका नेपालीलाई उपचारको लागि राप्ती अञ्चल अस्पतालमा पुर्याए लगतै डाक्टरले मृत्यु घोषणा गरेका हुन । नेपाली श्री वाल बाटिका बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा दिन जादै गरेको बेला पिकअपले ठक्कर दिएका थियो । साथै घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।