सैघाली खबर,
घोराही ।
दाङको घोराही उपमहानगरपालिकाले आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानून निर्माणमा आफू जिम्मेवार रहेको बताए ।
दाङ क्षेत्र नं। २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सभामुख महराले दङगाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने समेत बताएका छन् ।सभामुख भएपछि पहिलो पटक महरा दाङ आउदा भब्य स्वागत गरीएको थियो,।सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।