नेपाल महिला संघ जिल्ला कार्यसमिति बैठक सम्पन्न



पार्बती बस्नेत।
घोराही ७ चैत्र।

नेपाल महिला संघ जिल्ला कार्यसमिति दाङको बैठक आज घोराहीमा सम्पन्न भएको छ। नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल महिला संघको जन जागरण अभियान यहि चैत्र १०गतेदेखी दाङका विभिन्न गाउपालिकाहरुमा गर्ने निर्णय गरेको छ । जसअन्र्तगत दङीशरण गाउपालिकाको हेकुली,शान्तिनगर गाउपालिकाको चिराघाट,बबई गाउपालिकाको हापुरेमा जनजागरण अभियान गर्ने निर्णय गरेको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १,२,३,८ र ९ नम्बर वडाको कृष्ण मन्दिर अश्वारामा,तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर १४र १५को डुरुवा गाँउपालिकामा,तुलसीपुर उपमहानगरपालिकाको १६र १७नम्बर वडाको मानपुरमा जनजागरण अभियान गर्ने निर्णय गरेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ र १९को बिजौरीमा र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ र ४को वडाकार्यालय खर्चवामा,तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५र ६को पार्टी कार्यालय तुलसीपुरमा,तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १०र ११को वडा कार्यालय गैरीगाँउमा र तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर १३को वडा कार्यालय मजघटुवामा जनजागरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको बैठकले बंगलाचुली गाउपालिकाको कमिरेचौरमा,राप्ती गाउपालिकाको लालमटियामा,गढवा गाउपालिकाको गंगापरस्पुरमा,लमही गाउपालिकाको चैलाहीमा,राजपुर गाउपालिकाको जंग्रवा कोईलाबासमा जनजागरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसैगरी आजको बैठकले नेपाली कांग्रेस क्षेत्र नम्बर २का क्षेत्रिय सचिब चुडामणी आर्चायको बुवाको निधनप्रति दुःख ब्यक्त गर्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ । यसैगरी पार्टीका नेता रेवती प्रसाद घिमिरेका पिता केशवराज घिमिरेको निधनप्रति दुःख ब्यक्त गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्