मन्थली
रामेछापको नामाडी बेतालीस्थित आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई नेपाल कम्युनिस्ट पार्टी रामेछापले जवनकारवाही गरेको छ ।
बलात्कार घटनाको उजरीपछि श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई बुधबार कालोमोसो दलेर कारवाही गरेको सो पार्टीद्धारा वितरित पर्चामा जनाइएको छ।
खत्रीलाई सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा पारी सफाई लिएर अपराधलाई ढाकछोप गरेको, सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको नेकपाले बताएको छ ।
त्यसैगरी बलात्कार घटनालाई ढाकछोप गर्न विद्यालय व्यवस्थापन समितिलाई प्रभावमा पारेको, अदालतको सफाईपछि समेत छात्रालार्य गाउँभन्दा अन्तै राखेर बलात्कार गर्दै आएको नेकपा रामेछापले आरोप लगाएको छ ।
घटनास्थलमा सो पार्टीले ७ बुँदे पर्चामा कार्वाही गर्नुपने ७ कारणहरु यसप्रकार रहेका छन ।
कक्षा ८ मा अध्ययनरत १४ वर्षीय आफ्नै छात्रालाई बलात्कार गरेको ।
आर्थिक चलखेलद्वारा अदालतलाई समेत प्रभावमा पारी सफाई लिई अपराधलाई ढाकछोप गरी आफू निर्दोश रहेको डंगा पिट्दै समाजको समेत मानमर्दन गरेको ।
अदालतको कथित सफाईपछि समेत छात्रालाई र्गाउँभन्दा अन्तै राखेर लगातार यौन शोषण गर्दै आएको ।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यम, समाजिक संजाल र समाजमा अपराधको व्यापक निन्दा हुँदाहुँदै पनि गल्ती महशुस गर्नुको साटो दम्भ र घमण्ड प्रस्तुत गरेको ।
सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको ।
विद्यालय व्यवस्थापन समितिलाई आर्थिक प्रभावमा पारी अपराध पश्चात पनि प्रधानाध्यापकमा पुर्नवहाल भएको ।
विद्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र मनपरीतन्त्र लादेको ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।