रुपन्देहीमा मनोनयन दर्ता शुरु, सबैभन्दा पहिले जनमुक्ती पार्टीले उम्मेदवारी दियो



असार ४

1222
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा उम्मेदबारको मनोनयन दर्ता शुरु भएको छ ।

बिहान ८ बजेदेखि दर्ताको क्रम शुरु भएको हो । रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलमा पनि मनोनयन शुरु भएको बुटवल उपमहानगरपालिकाका निर्बाचन अधिकृत भरतमणी पाण्डेले बताए ।
बुटवलमा सबैभन्दा पहिले राष्ट्रिय जनमुक्ती पार्टीले मनोनयन दर्ता गरेको छ । जनमुक्ति पार्टीका जनक थापाले मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

बुटवल उपमहानगरमा ६६ हजार ९० मतदाता छन् भने १९ वडा र ७४ वटा मतदान केन्द्र रहेका छन् । तिलोत्तमा नगरपालिकामा ६० हजार १ सय ३३ मतदाता छन् । १७ वटा वडा र ६५ मतदान केन्द्र छन् ।

सैनामैना नगरपालिकामा ३५ हजार ९ सय ६६ मतदाता छन् । ११ वटा वडा रहेको सैनामैनामा ४० मतदान केन्द्र छन् । देवदह नगरपालिकामा ३२ हजार ३ सय २५ मतदाता छन् भने १२ वटा वडा ४० मतदान केन्द्र छन् ।
सिद्धार्थनगरमा ३३ हजार ६ सय १५ मतदाता छन् भने १३ वठा ३९ मतदान केन्द्र छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा ३४ हजार १ सय १६ मतदाता छन् भने १३ वडा, ४१ मतदान केन्द्र रहेका छन् ।

रुपन्देहीको तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिकामा पनि मनोनयन शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा विशेष सुरक्षा सतर्कता बढाइएको छ ।

रुपन्देहीमा बुटवल उपमहानगरपालिकासँगै ५ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् भने ४ लाख ६२ हजार ५ सय ४६ मतदाता छन् ।

जसमध्ये पुरुष २ लाख ४० हजार ४ सय ३०, महिला २ लाख २२ हजार १ सय ११ र ५ जना तेश्रोलिंगी रहेको निर्वाचन कार्यालयले रुपन्देहीले जनाएको छ ।

copy by onlinekhaber…………………

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्