काठमाण्डौ वरपर नघुम्न आफ्ना नागरिकलाई अमेरिकी दुताबासको सुझाव



काठमाडौ
अमेरिकी दूतावासले आफ्ना नागरिकलाई नेपालस्थित चन्द्रागिरि केबुलकार सहति काठमाडौ वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको खुल्न आएको छ ।

नेपालको पर्यटन क्षेत्रले भने कुनै कम्पनी विशेषलाई मात्रै जोडेर यसरी विज्ञप्ती निकालेको भन्दै अमेरिकी दूतावासको यस्तो एड्भाइजरीप्रति भने आपत्ति जाएको छ ।

माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी गरिएको थिएन। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो ।

उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको दुताबासले जनाएको छ । दूतावसले निकालेको उक्त अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।

नेपाल सरकारले पनि अमेरिकी दूतावसका दावी भ्रामक रहेको भन्दै खण्डन गरेको छ । नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्