ब्रेक फेल भएर बस पल्टिदा मत्यु



सैघाली खबर,
‘दाङ,८ चैत । ब्रेक फेल भएर बस पल्टिखदा दाङमा एकजनाको मृत्यु भएको छ । जिल्लाको चौपट्टामा बस पल्टिदा एकजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन् ।

कञ्चनपुरबाट आएको युवा जनसेवक क्लवको टिम दाङको धारपानी मन्दिरबाट पिक्निक खाएर फर्किदै गरेको थियो । से १ क १०१५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर घोडाघोडी नगरपालिकाका ३४ वर्षे राजकुमार चौधरी रहेका छन् । घाइते हुनेमा अनिल चौधरी, मनकुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।उनीहरुको उपक्षेत्रीय अस्पतालमा उपचार भैइरहेको गोग्ली प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर भट्टले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्