सन्दर्भःकोइराला स्मृति दिवस ‘काँग्रेसको पराजयको जिम्मेवारी कस्ले लिन ?’



गिरिराज नेपाली
घोराही ,८ चैत । २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा मुलुकको पहिलो पार्टीका रुपमा विजयी भएको नेपाली काँग्रेस त्यसको ठ्याक्कै ४ वर्ष पछि २०७४ सालमा सम्पन्न संघिय संरचनाको तीन तहका निर्वाचनमा ठूलो पराजय व्यहोर्नु प¥यो । चार वर्ष अघि पहिलो पार्टीका रुपमा उदाएको काँग्रेस चारवर्ष पछि पुनःअस्तायो । त्यसको कारण के हो ? कार्यकर्ताहरु निकै जिज्ञासु छन । जसका कारण वर्षाै देखी मुलुकको राज्यसत्ताको बाकडोर सम्हाल्दै आईरहेको नेपाली काँग्रेस अहिले प्रतिपक्षको भुमिमा उभिएको छ । प्रतिपक्षको भुमिकामा उभिएको काँग्रेसले आफुलाई छायाँ सरकारको नाम दिएको छ ।

नेपाली काँग्रेस पराजय कसरी भयो ? किन भयो ? कारण के ? भन्ने बारे कार्यकर्ता देखी नेतृत्व तह सम्ममा बहसको विषय बनेको छ । कसरी ,किन र के भन्ने सवाल जवाफका कुरा उठे पनि पराजयको जिम्मेवारी न कार्यकर्ताहरुले लिन सकेका छन । न नेतृत्व तहले नै । कार्यकर्ताहरुले नेता माथि नेता नेतृत्व माथि दोष लगाउदै पराजयको समिक्षा गरे पनि जिम्मेवारी कसैले लिन नसक्दा पार्टी सम्प्रने छाटकाट देखिन छोडेको छ । कार्यकताले भोट नदिएको , नेताले कार्यकर्ता रुझाउन नसकेको भन्न सकिएला । तर कार्यकर्ताहरु त्यो स्वीकार गर्न सहमत छैनन । किन भने नेतृत्वहरु गुठमा फुट हुदा कार्यकर्ता विचलित भई पार्टी पराजय व्यहोर्नु परेका कार्यकर्ताहरुको भनाई छ ।

जसको मुख्य कारण नै पार्टीभित्रको आन्तरिक गुठवन्दी निम्त्याएको नेतृत्वविचको द्वन्द नै रहेका कार्यकर्ताहरुको आरोप छ । गुठवन्दीको उपजका रुपमा देखा परेको पराजयको जिम्मेवारी कसैले लिन नसक्दा काँग्रेसका सच्चा अनुयायीहरुमा खिन्नता बोध गर्नुपरेको देखिन्छ । नेपाली काँग्रेस दाङले स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालाको आठौ स्मृति दिवसका अबसरमा नेता तथा कार्यकर्ताहरुले काँग्रेसको पराजय गुठ÷उपगुठको उपज नै रहेको समिक्षात्मक आलोचना गरे ।
नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारतीको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता विर्केश्वरी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस दाङका सदस्य अर्जुन कुमार योगीले पराजयको मुख्य कारण नै व्यक्तिगत गुठवन्दी रहेको टिप्पणी गर्नुभयो । जसको जिम्मेवारी नेतृत्वदायीहरुले बोक्नुपर्ने टिप्पणी गर्नुभयो । ‘पार्टीले हारेको भोट नपाएर होईन, पार्टी भित्रै गुठ भएर हो ’– उहाँले भन्नुभयो । पराजय व्यहोर्ने भए संविधानसभाको निर्वाचनमा पनि हार्न सकिने थियो । पार्टीभित्रको व्यक्तिगत गुठ र स्वार्थका कारण पार्टीले पराजय भोग्नु परेको उहाँले बताउनुभयो ।

विपी र गिरिजा जस्ता त्यागी नेताका सिपाइ काँग्रेसी कार्यकर्ताहरुले उनका प्रेरणा उपयोग गर्न नसकेको उहाँको भनाई थियो । पार्टीभित्रका गुठवन्धी र ६०÷४० को कित्ताकाट जब सम्म अन्त्य हुदैन । तव सम्मको काँग्रेस सधै पछि पर्ने उहाँको भनाई छ । जसका लागि काँग्रेस भित्र गुठको अन्त्य हुनुपर्ने बताउनुभयो । नेतृत्वहरुले भएका कमिकमजोरीहरुको समिक्षात्मक विश्लेषण गरी पार्टीको बडोत्तरी हितका लागि काम गर्नुपर्ने उहाँको सुझाव छ । पार्टीभित्रको वढ्दो तिक्तताले कार्यकर्ताहरुमा केही विचलन पैदा भईरहेकाले त्यसको अन्त्य गरी कार्यकर्ता सुदृढिकरणमा जोडदिन उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं. ४ सभापति जगत बहादुर खड्काले नेतृत्व शहरमा कार्यकर्ता गाउँमा भएकाले काँग्रेसले पराजयको सामना गर्नुपरेको उहाँको भनाई थियो । कार्यकर्ता रुझाउन नसक्ने , नेताको चाकडी गरेर नेता हुने प्रवृत्ति काँग्रेसमा हावी भएकाले पार्टी विचलनमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ काँग्रेसले हार्नु भनेका नेतृत्वकै हार हो । ’ जसलाई नेतृत्वले स्वीकार गरी जिम्मेवारी बोध गर्नुपर्छ ।

उक्त गुनासो पछि प्रमुख अतिथि नेपाली काँग्रेसका नेता विर्केश्वरी गौतमले आफ्ना भनाई राख्दै गुट भन्दा माथि उठेर पार्टीको गतिविधिमा सक्रिय हुन कार्यकर्ता तथा नेताहरु लाई सुझाव दिनुभयो । स्वर्गिय नेताहरुले स्वार्थको राजनीतिक भन्दा सेवा र राष्ट्रियताको राजनीतिक प्रेरणा दिएकाले अग्रजहरुका देखाएका सकारात्मक कामहरु पालना गर्दै जानुपर्ने जानुपर्ने उहाँले बताउनुभयो । नेतृत्वमा केही कमजोरी पनि छन । कार्यकर्ताहरुमा होलान । दुवैले समीक्षा गर्दै पार्टी विकासमा लागे अब पराजयको सामाना गर्नु नपर्ने उहाँको भनाई थियो । पराजयले लोकतान्त्रिक मुल्यमान्यतामा हारजित हुनु स्वाभाविकै हो । तर खासकुरा जनताको अधिकार र सिद्धान्त माथिको मर्म हो । काँग्रेसी सिपाईले जनताको अधिकार र सिद्धान्त लाई कहिले पनि भुल्न नहुने उहाँको भनाई छ ।

अब काँग्रेसको नेतृत्वले गाउँ जाऔ अभियान निर्माण गरी कार्यकर्ताहरुको मनोभावना अनुरुप पार्टीको सुदृढिकरण ध्यान दिनुपर्ने । वाम एकताले मुलुक राजनीतिक पृथक मोडमा दौडिरहेकाले काँग्रेसी नेता र नेतृत्वले बेलैमा सोच्नुपर्ने बताउनुभयो । जसका लागि गाउँ केन्द्रित अभियान सुरु गरी पाँच वर्षमा काँग्रेसमय मुलुक निर्माण गर्ने सवैले ध्यान पुग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विपि चिन्तन दाङका अध्यष विनोद पोखरेल, महाधिवेशन प्रतिनिधि सदस्य खगराज पाण्डे, निर्वतमान सचिव कमलकिशोर घिमिरे , पूर्व सचिव ध्रुव ज्ञवाली , क्षेत्र नं. २ का सभापति गिरिराज सुवेदी, धनश्याम ढकाल, यज्ञ नारायण आचार्य, निमैल गौतम , भगतसिंह भण्डारी , प्रदिप खड्का , तरुणदलका अध्यक्ष टिका घर्ती, दलित संघका अध्यक्ष बाबुराम विश्वकर्मा, महिला संघकी गोमा रावत र नेविसंघका टोप वहादुर बुढाथोकी लगाएतकाले भनाई राख्नुभएको थियो । खिमा अधिकारीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव टेक वहादुर वंलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्