दाङको विकासका लागि चासो दिएर काम गर्छु – सभामुख महरा



 

सैघाली खबर,
दाङ,८ चैत्र । व्यवस्थापिका संसदका सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि चासो दिने वताउँनु भएको छ । पत्रिकार महासंघ दाङले घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महराले यस्तो वताउँनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका महराले दाङमा चुवावी समयमा गरेको प्रतिबध्ता समेत प्ुरा गर्ने समेत बताउँनुभयो । अब मुलुकले शान्ति स्थायित्व आर्थिक समृद्धि खोजेको बताउँदै त्यसै अनुरुप सत्ता संचालन हुने बताउँनुभयो । म आफै सबैको साझा व्यतित्व भएका कारण पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएको वताउँनुभयो ।

 

चुनावमा मैले पनि मैले केही प्रतिबद्धता व्यत गरेको छु त्यसै अनुरुप काम गर्ने बताउँनुभयो ।

प्रदेश सरकारले स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा तोक्छ म यसमा ढुक्क छु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको विबाद हल गर्ने कराुमा पनि ध्यान दिने वताउँनभयो। जिल्लाको स्वास्थय बअस्था सुधारका लागि का पहल थाल्ने वताउँनुभयो । निहित वास्थले काम गरेको वताउँदै त्यसको छिटै समाधान गर्ने वताउनुभयो । दाङमा अर्काे अन्तराष्ट्रिय स्तरको विमान स्थलको निर्माणका लागि पहल थाल्ने वताएानुभयो पत्रकार महासघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भ्उको कार्यक्रमको संचालन सह सचिव गोकर्ण पौड्याले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्