एस.ई.ई शुरु, दाङमा एघार हजार, छ सय दश परिक्षार्थी सहभागी



सैघाली खबर
दाङ ,८ चैत । कक्षा दशको एस.ई.ई परीक्षा आज देखी शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय दाङका अनुसार नियमित तर्फ १० हजार ८सय ८६ नियमति , ईक्जाम्टेड तर्फ चार सय २७ र प्राविधिक तर्फ दुई सय ९७ जनाले परिक्षामा सामेल हुन लागिरहेका जनाएको छ ।

विहिवार देखी शुरु हुन लागिरहेको एस.ई.ई. परिक्षाका जिल्लामा तीन सय ८५ जना विद्यार्थी अयोग्य ठहरिएका छन । विद्यालयमा नियमित हाजिरी ७५ प्रतिशत भन्दा कम परिक्षा रजिष्ट्रेशन फाराम छुट भएकाले विद्यार्थी अयोग्य ठहरिएका हुन ।

परिक्षाका लागि सवै उच्च सुरक्षाका साथ परिक्षा शुरु भएका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो ।
परिक्षाका लागि परिक्षार्थीहरु लाई प्रवेशपत्र विरतणको काम सोमवार देखी वितरण सुरु गरिएको छ । मैनालीले यस वर्षका लागि जिल्लमा एक वटा परिक्षा केन्द्र थप गरिएको जानकारी दिनुभयो ।

जिल्ला भरका सवै ईक्जाम्टेड विद्यार्थीहरु सदरमुकामै परिक्षा दिन व्यवस्था सहित एकवटा परिक्षा केन्द्र थप गरिएको उहाँले जानकारी दिनुभयो । भने यस वर्ष ४३ वटा रहेको छन । परीक्षा विहान ८ वजे देखी शुरु भएको थियो । जिल्लामा परिक्षा समयावधि भर कुनै पनि अप्रिय घटना नभएको जिल्ला शिक्षा अधिकारी मैनालीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्