सैघाली खबर,
सल्यान, ८ चैत्र । सल्यानमा एसईइ परिक्षा दिन गएका एक जना छात्रको नदिमा डुबेर ज्यान गएको छ । शिद्धेश्वरी माध्यामीक बिद्यालय बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १२ माझर्खकमा अध्यनरत छात्र प्रकाश परियारको शारदा नदिमा डुबेर ज्यान गएको हो ।
कालीमाटी गाउँपालीका वडा नम्बर ३ मा रहेको शारदा जनकल्यान माबिमा एसईइ परिक्षा दिन गएका परियारको डुबेर मृत्यु भएको छ । परियार बुधबार दिउसो शारदा नदिमा साथिहरु सँग नुहाउन गएका बेला अर्का डुबेका साथीलाई बचाउन खोज्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन ।
छात्रलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदै गर्दा बाटो मै मृत्य भएको शिद्धेश्वरी माध्यामीक बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष निराजन डागीले बताएका छन । उनि सँगै डुबेका अर्का घाईते छात्रको भने दाङ तुलसीपुरको एक अस्पतालमा उपचार भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।