सैघाली खबर,
काठमाडौँ ८ चैत्र।– वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूले अब आफू कार्यरत देश बाटै मतदान गर्न पाउने भएका छन्।
वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरूको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नुपर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले सर्वोच्च अदालतमा २०७३ वैशाख १४ गते निवेदन दर्ता गराएको थियो।
सर्वोच्चले उक्त निवेदनको पक्षमा आज ९विहीबार० निर्देशनात्मक आदेश जारी गरेसँगै विदेशमा रहेका नेपाली कामदारले विदेशबाटै मतदान गर्न पाउने भएका हुन्। यस्तो छ निर्देशनात्मक आदेशको पूर्णपाठ
प्रेस नोट
विदेशमा रहेका कामदारको मतदानको अधिकारको हकमा सर्वोच्च अदालतद्वारा निर्देशनात्मक आदेश जारी
वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सो को लागि मुलुक बाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नु पर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्च अदालतमा मिति २०७३ वैशाख १४ गते दायर गरिएको रिट निवेदनमा आज कामदारको हकमा निर्देशनात्मक अदेश जारी भएको हो।
नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार अन्तर्गत मतदान गर्न पाउने अवसरको अधिकार समेत अन्तरनिहीत रहेको हुने र मुलुक बाहिर भए पनि नागरिकले मतदानको अधिकारको सुनिश्चितता गरिनु पर्ने जिकिर निवेदनमा पेश गरिएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको थियो । यस रिट निवेदनमा निवेदक संस्थाकातर्फ बाट अधिवक्ताहरू हरि फुयाल, बरुण घिमिरे, अनुराग देवकोटा, आलोक पोखरेल र केदार दाहाल समेतले बहस गर्नु भएको थियो ।nagariknews
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।