सैघाली खबर,
चितवन ८, चैत । – नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन मानवतावादी भएर सोच्न आग्रह गर्नुभएको छ ।
समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकोले विभेद र असमानताको अन्त्य गर्न नेपालमा केही समयको लागि समावेशिता आवश्यक रहेको भट्टाईको भनाई थियो ।पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताएका छन्। उनले नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए।
बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टाइले उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने बताउनुभयो ।
लोकतन्त्रको समृद्धिका लागि वैकल्पिक राजनीतिको अपरिहार्यता रहेको भट्टराईले बताउनुभयो । उहाँले वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।