संसदीय ब्यवस्थाबाट समाजबाद संभव छैन , भारतीय माक्र्सवादी नेता शशिप्रकाश



सैघाली खबर
दाङ, ८ चैत्र ।भारतीय लेखक एवं माक्र्सवादी नेता शशिप्रकाशले संसदबाट पारित गरेर समाजवाद नआउने भन्दै नेपाली कम्युनिष्टहरुले अंगिकार गरेको संसदीय ब्यवस्थाबाट समाजवाद संभव नभएको टिप्पणी गर्नु भएको छ ।

समरेखा द्वैमासिक र शब्दशीखा अनलाइनले गरेको विमर्शमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।आफूले विभिन्न दस्तावेज र कार्यक्रमका आधारमा नेपालका कम्युनिष्टहरुको बारेमा अध्ययन गर्दै आएको उल्लेख गर्दै उहाँले माओवादी जनयुद्ध सही वा गलत भन्ने निष्कर्षमा आफू नपुगे पनि त्यसले नेपालमा गणतन्त्र स्थापना गरेर पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेको बताउनुभयो । पूँजीवादी जनवादी क्रान्ति शान्तिपूर्णरुपमा नै पूरा गर्न सकिए पनि संसारभरि समाजवादी क्रान्ति भने बलप्रयोगबाटै सम्पन्न भएकाले संसदबाट समाजवाद नआउने दोहो¥याउनुभयो ।

बाम सरकारबारे सहभागीको जिज्ञासामा उहाँले यसले लिने बाटो पनि पूँजीवादी नै हुने निश्चित भएको टिप्पणी गर्दै यसको सरकारभन्दा यो कैयन गुणा बलियो र प्रभावकारी हुन आंकलन गर्नुभयो । ‘प्रतिष्पर्धामा रहेको कांग्रेसको पभाव कम हुँदै गएको छ र यसका संरचना प्रभावकारी छैनन्’– उहाँले भन्नुभयो– ‘त्यसैले बाम सरकार यसअघिका सरकारभन्दा कैयन गुणा बलियो हुने देखिन्छ ।’

महिला अधिकारकर्मी एवं साहित्यकार कात्यायनीले महिलामुक्ति आन्दोलन नयाँ ढंगले संगठित गर्नुपर्ने बेला आएको औल्याउँदै वर्ग समाजको विकाससँगै महिलामाथि शोषण शुरु भएकाले वर्गीय मुक्ति आन्दोलनबाट नै महिला मुक्ति संभव हुने बताउनुभयो ।

लेखक एवं सम्पादक सत्यम वर्माले पूँजीवादी मिडियाले पूँजीवादी राजनीति, अर्थतन्त्र र संस्कृतिलाई सेवा गरिरहेको टिप्पणी गर्दै क्रान्तिकारी आनदोलन अघि बढाउन वैकल्पिक मिडियाको आवश्यक रहेको बताउनुभयो ।समरेखा द्वैमासिकका सम्पादक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शब्दशीखा अनलाइनका सञ्चालन प्रमोद धितालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्