दिपक बोहरा,
दाङ ८ चैत । तुलसीपुर उपमहानगरपालिकाले बुधबार अन्तरजातिय विवाह गरेका जोडीहरुलाई एउटै थलोमा ल्यायो । तुलसीपुर उपमहानगरपालिका भित्रका ७८ जोडिलाई पहिलो चरणमा सम्मान ग¥यो । सम्मान मात्रै नभई अन्तर जातीय विवाह गरेका जोडीहरुको अनुभव आदान प्रदान गर्ने अबसरको रुपमा पनि लिईयो ।
कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तर जातीय विवाह गरेका जीवन यापन अन्य जोडी भन्दा कम छैन् । अन्तरजातिय विवाह गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तर जातीय विवाह प्राय प्रेम गरेर विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तर जातीय जोडीहरु सफल भएका छन्, समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका १ का गोबिन्द सापकोटाले २०३३ सालमा तारादेवी सुनारलाई अन्तरजातिय विवाह गर्नुभयो ।
अहिले उहाँको एउटा छोरा छन् । अन्तर जातीय विवाह गर्दा घर परिवारबाट अपमान सहन बाध्य भएका सापकोटा अन्तत ः परिवारको प्यारो बन्न पुगे । २१ औं सताब्दीको मुलुकमा रुढीबादी कु–संस्कार अन्त्य गर्न सफल भएको भन्दै सबैले प्रशंसा गर्न थालेपछि घरपरिवार पनि सकारात्मक भए । ‘रगत सबैको रातो हुन्छ, मान्छे सबै एउटै हो’ उनले भने ‘ मान्छे मान्छेबीचको बिभेद अन्त्य हुनुपर्ने आवाज उठाउँदै अन्तरजातीय विवाह गरेको हुँ ।’ अहिले अन्तरजातीय विवाह गरेकै कारण सबैले प्रशांसा गर्ने गरेको उनको भनाई छ । त्यस्तै मुलुक नयाँ युगमा प्रबेश गरिसकेको अबस्थामा परम्परागत कु–संस्कार अन्त्य गर्नुपर्ने भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने तर्क गरे ।
तुलसीपुर उपमहानगरपालिका १ भमकेका २० बर्षीय सञ्जीव नेपालीले नेपालगंजकी यसोदा गुरुङलाई चार महिना अघि विवाह गरे । ‘समाजमा अझै पनिअन्तरजातीय विवहालाई स्वीकार गर्ने गरिएको छैन’ गुरुङले भनिन्‘ यसलाई चिर्न पनि अन्तरजातीय विवाह गरेकी हुँ ।’ सबैको रगत रातो हुँने, सबैले फेर्ने साहस एउटै हुने भन्दै २१औं सताब्दीमा पनि मान्छे मान्छेबीच हुने बिभेद अन्त्य गर्न अन्तरजातीय विवाह गरेको गुरुङले बताईन् । आफुहरुलेअन्तरजातीय विवाह गरेपनि सुन्दर जीवन यापन गर्न सकिन्छ भनी समाजको आँखा खुलाउन अन्तरजातीय विवाह गरेको पनि उनले बताईन् ।
तुलसीपुर ८ का ३० बर्षीय शुक्रराज चौधरीले पनि सोही ठाउँकी बालिका बिकलाई ६ बर्ष अघि बिहे गरे । बिहे हुने बित्तिकै समाजले पनि स्वीकार गरेन् । घरपरिवारले पनि स्वीकार गर्न मानेन् । तर ६ महिमना पछि समाज र घरपरिवारले स्वीकार ग¥यो र बिधिवत रुपमा विवहा भयो । अहिले उनीहरु सहजै ससुराली आवतजावत गर्छन् । समाजले पनि सम्मानजनक ब्यबहार गर्छ ।
‘मुलुक धेरै अगाडी बढिसकेको छ ’ उनले भने ‘ हामी भने जातभात, छुवाछुतमै अल्झिएका छौं ।’ समृद्ध समाज निर्माणका लागि जातिय, लंैगिक बिभेदको अन्त्य हुन जरुरी रहेको उनी तर्क गर्छन् । अन्तरजातिय विवहालाई आफुहरुले प्रोत्साहन गरिरहेको भन्दै राज्यले पनि अन्तरजातिय जोडीहरुलाई उचित सम्मान दिने हो भने जातिय उन्मुलन गर्न सकिने उनले बताए ।
जातिय उनमुलनको कडी अन्तरजातिय बिबहा भएको भन्दै यसलाई प्रोत्साह गर्न सके जातिय विभेद अन्त्य गर्न मद्धत पुग्ने उनको भनाई थियो । माथिका तीन जोडी उदाहरण मात्रै हुन् । तुलसीपुर उपमहानगरपालिका भित्रका धेरै अन्तरजातिय विवाह गरेका जोडीहरु सुखी छन्, खुसी जीवन बिताई रहेका छन् । तर अझै पनि हाम्रो समाजले अन्तरजातिय विवाहलाई मन खोलेर स्वीकार गर्न नसकेको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए । समाजमा हुने छुवाछुत अन्त्य गर्न स्थानीय सरकारले निरन्तर अभियान थाल्नु पर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।