दुई नं। प्रदेशमा एमाले पहिलो पार्टी निश्चित छ) केपी ओली



काठमाडौं, ४ असार ।

एमालेका केपी ओलीले स्थानीय तहको निर्वाचनमा सबै प्रदेशमा जित्ने दाबी गरेका छन् ।

काठमाडौंको धुम्रबाराहीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले दुई नं। प्रदेशमा पनि पहिलो पार्टी बन्ने घोषणा गरे । ‘असोज २ गते २ नं। प्रदेश एमाले पहिलो पार्टी बन्छ’, उनले भने, ‘दुई नं। मा मात्रै होइन सबै प्रदेशमा पहिलो पार्टी बन्छ ।’

एमालेको पक्षमा जनलहर आएको बताएका ओलीले भने, ‘राजपासहितका विभिन्न दलका नेताहरू एमालेमा प्रवेश गर्ने क्रम जारी छ । यो जनलहरले एमालेप्रति आकर्षण बढेको छ ।’

शेरबहादुर देउवाले एमालेले पहाड र मधेसलाई छुट्टाउने प्रयास गरेको आरोप लगाएको बताएका ओलीले भने, ‘पहाड र मधेस अलग गराउने शब्द मैले बोलेको भए ल्याइदिनुस् शेरबहादुरजी । मैले मधेसमा सद्भावन भड्काउने कुनै पनि अभिव्यक्ति दिएको छैन ।’ बरु शेरबहादुर देउवाले नै पहाड र मधेस अलग गराउन खोजेको आरोप लगाए ।

ओलीले आफूले कहिल्यै पनि मधेसीहरूलाई भारतीय भनेर नभनेको बताए । ‘मैले मधेसीलाई कहिल्यै भारतीय भनेको छैन । यूपी, बिहारमा जाउ पनि भनेको छैन’, उनले भने ।

अहिले पनि सत्तापक्ष रहेको ओलीको दाबी थियो । ‘एमाले संसदमा मात्रै प्रमुख प्रतिपक्ष हो । स्थानीय तहमा प्रमुख प्रतिपक्ष होइन’, उनले भने, ‘स्थानीय तहमा एमाले पहिलो भएको छ । पहिलो पार्टी बनेको छ ।’

राजपाकी नेतृ अनिता यादवसहितका मधेसी नेताहरू एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्