चीन-अमेरिका विबाद उत्कर्षमा पुग्ने संकेत, बढ्यो युद्धको खतरा



पछिल्लो दिनमा चीन र अमेरिकाबीच बढेको विवाद उत्कर्षमा पुगेको छ । चिनियाँ राष्ट्रपतिले दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पहिलो औपचारिक सम्बोधनमा रक्तपात युद्धको लागि आफू तयार रहेको बताएका थिए ।

यसअघि कहिलै पनि चिनियाँ राष्ट्रपतिले युद्धको सिधा चुनौती दिएका थिएनन् । तर, अमेरिकाले एक चीन नीतिविरुद्ध ताइवानबारे नयाँ कानुन ल्याएसँगै चिनियाँ राष्ट्रपति आक्रोसित भएका हुन् ।

राष्ट्रपति सीको भनाईको जवाफ स्वरुप अमेरिकाले नाकाबन्दी लगाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीनलाई चोरको देश भएको आरोप लगाएका छन् । अमेरिकी व्यापारबाट चीनले बौद्धिक चोरी गरेको भन्दै ट्रम्पले नाकाबन्दी लगाएर कारवाही गर्ने बताएका छन् । उनले चोरीबाट गरेको नाफामा कर लगाउने ट्रम्प प्रशासनले तयारी गरेको छ । धेरै वर्षदेखि छलफल हुँदै आएको भएपनि आफ्नो चोरी कार्यमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने ‘ह्वाइट हाउस’ले जनाएको छ ।

अमेरिकाको पछिल्लो कदमले दुबै देशबीच व्यापार युद्ध हुने चिन्ता व्यक्त गरिएको छ । चीनविरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउन सक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी अमेरिकाले चीनको बौद्धिक चोरीविरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ । अमेरिकामा साना उद्योग खोलेर चीनले प्रविधि चोरेको आरोप अमेरिकाको छ ।

रणनीतिकरुपमा केही उद्योग अमेरिकामा स्थापना गरेर साइबर आक्रमण गरिरहेको आरोप पनि चीनमाथि लगाइएको छ । यता चीनले भने अमेरिकाको पछिल्लो भनाईबारे कुनै प्रतिक्रिया जनाईकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्