सिमेन्ट उद्योगका कारण स्थानियको स्वास्थ्य जोखिममा



 

घोराही सिमेन्टको सास्ती

 

जनक नेपाली
दाङ, ९ चैत्र । घोराही सिमेन्टका कारण स्थानिय बासिन्दाले सास्ती बेर्हाेन बाध्य बनेका छ । सिमेन्ट उद्योगमा उत्पादन हुने धुवा धुलोका कारण घोराही उपमहानगरपालिका वडा२ रामपुर, लक्ष्मीपुर,भानपुर, सोनपुर र गोग्लीका सर्वसाधारण समस्या खेप्न बाध्य भएको स्थानियहरुले वताएका छन् । सिमेन्ट प्रर्दुशनका कारण स्थानियहरुमा फोक्सो, मुटु, छाला, आँखा लगायतका विभिन्न खाले स्वास्थ्य सम्बन्धी समस्या देखा परेको स्थानियहरुले वताएका छन् । उद्योग वरपर बस्दै आएका गाउँलेहरुमा कुनै न कुनै रोग नलागेको व्यक्ति नै नभएको स्थानिय भरतराज देवकोटाले वताउँनुभयो ।

उद्योगको २ सय मिटर दुरीमा मावि डाँडागाउँ गोग्ली , २ सय मिटर दुरीमै स्वास्थ्य चौकी , ५ सय मिटरको दुरीमा आधारभुत विद्यालय सुनपुर यसका साथै उद्योगको चारै तिर १ सय ५० मिटरको दुरीमै मानवबस्ती रहेको भन्दै उद्योगले वाताबरण प्रदुषण हुने गरी गतिविधिहरु सञ्चालन गर्दै आएको सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोका समितिका संयोजक समेत रहनु भएका देवकोटाले बताउँनुभयो । तरकारी पकेट क्षेत्रका रुपमा रहेको यी गाउँमा हाल तरकारी खेति नै हुन छाडेको उँहाले वताउँनुभयो ।

धान, गँहु, जौ मसुरो,तोरी अर्सी लगायतका बालिनाली नै हुन छाडेको स्थानिय दिलबहादुर घर्तीले जानकारी दिनुभयो । प्रत्येक घर सिमेन्टको धुलोले लपक्कै पोतिएको छ हामी त्यही धुलोमा हराउँदै आएका छौ कस्ले बचाउँछ हामीलाई घर्तीले भन्नुभयो । विरामी गाउँवाट दिनै पक्ष बिरामी अस्पताल लगेकै छौ डाक्टरले धुवा र धुलोका कारण समस्या भएको हो भन्छन् घर्तीले भन्नुभयो । कि हामीलाई मार्नु प¥र्याे या उद्योगको व्यवस्थापनमा ध्यान दिनुपर्छ घर्तीले भन्नुभयो । बालिनाली मात्र हैन फलफूल पनि हुनै छाड्यो उहाँले थप्नु भयो ।

२०६६ सालमा स्थापना भएको घोराही सिमेन्ट उद्योगका कारण स्थानियहरु स्थापनाका कारण कालमा आफुहरु संग गरेको सम्झौताहरु कार्यान्वयन नगरेको स्थानियहरुले अर्का स्थानिय रमिला चैधरीले वताउँनुभयो ।पटक पटक आग्रह गर्दा पनि प्रदुषण न्युनिकरणका विषयमा उद्योगले कुनै चासो नदिएको चौधरीको भनाई ।

उद्योगको कच्चा पदार्थको स्रोत काभ्रेको तापा र चुनढुंगा ल्याउने बाटो आसपासका बस्तीहरु समेत धुवा, धुलो र ध्वनीको प्रदुषण खेप्दै आईरहेकोमा प्रदुषण नियन्त्रणका गर्नका लागि उद्योगले कुनै उपायहरु अपनाउन नसकेको स्थानिय चौधरीको भनाई छकृर्षी उत्पादन घटेको, माटोमा रहेको उर्वर शक्ति नास भएर जान थालेको, उद्योग आसपासमा रहेका साना खोल्साहरु पानीका श्रोत समेत सुक्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

 

स्थानियको आक्रोस

घोराही उपमहानगरपालिका गोग्लीमा रहेको घोराही सिमेन्टस प्रा=लि=ले करिव अढाइ दोव्वर उत्पादन क्षमता बढाउनथालेपछि स्थानीयबासीहरु आक्रोशित बनेका छन् । बासिन्दाहरु फेरी उत्पादन क्षमता अढाइ दोव्वर बनाउन लोगेका सन्दर्भमा आक्रोशका अभिव्यक्तिहरु विभिन्न सन्चार माध्यममा दिएका छन् । उनीहरु पछिल्लो समयमा स्थानीय तहप्रति समेत थप आक्रोशित भएका छन् ।

यसका साथै धुलो नियन्त्रणका लागि उपमहानगरपालिकाले कुनै भुमिका निर्वाह नगरेको भन्दै स्थानियले आक्रोस समेत व्यक्त गरेका छन् । स्थानियहरुले घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीलाई अप शव्द प्रयोग गरी गालीगलौज समेत गरेका छन् । त्यसबारेमा प्रतिक्रिया दिदै मेयर चौधरीले स्थानिय निकायको निर्वाचन जितेदेखि नै स्थानिय वासिन्दाको पक्षमा आफुले काम गर्दै आएको वताउँनुभयो ।

 

आफुलाई विभिन्न गलत लाल्छना लगाउँदै आफुलाई अपमानित गरेको समेत उहाँले वताउँनुभयो । प्रर्दुशन नियन्त्रणका लागि उद्योगलाई एक करोडको मेसिन जडान गर्न आग्रह गरेको मेयर चैधरीले वताउँनुभयो । उद्योगबाट उत्पन्न हुने प्रर्दुशनण अस्वभाविक भए पछि २०७१ भाद्र, २०७२ जेष्ठ र २०७३ सालमा स्थानियहरुले ठुलो आन्दोलन गरेका थिए । आन्दोलनमा समयमा स्थानिय प्रशासन, उद्योग र स्थानियहरु विच विभिन्न विषयमा सम्झौता भए पनि उद्योगले सम्झौताहरु कार्यान्वयन नगरे पछि फेरि उनिहरु विभिन्न रुपमा दवाव दिदै आएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्