दाङ, ९ चैत्र । राप्ती गाउपालिका वडा नं.१ भालुवाङ निवासी मुूस् कान ने पालीको सामूहिक करणीपछि हत्या गरिएको छ । भालुबाङका हो टलमा भाँडा माझे र गुजारा चलाउने महिलाको शव अर्धनग्न अबस्थामा शीतगंगा नगरपालिका वडा नं. ८ स्थित सामुदायिक वनमा फेला गरेको थियो ।
फागुन २१ गते दाङ–अर्घाखाँचीको सिमानामा पर्ने सामुदायिक वन क्षे त्रमा ने पालीको शव फे ला प¥यो । आर्थिक अबस्था कमजो र भएका कारण भालुबाङमा रहे को हाम्रो हो टल र निञ्जा हो टलमा भाँडा माझ्ने काम गर्दै आउँनु भएको थियो ।
बाँकी समय मकै पो ले र बिक्री गर्ने काम हुन्थ्यो । एक छो रा र एक छो री छन् । अहिले छो राछो री उहाँका श्रीमानसंगै छन् । श्रीमानले मजदुरीको काम गर्नुहुन्छ ।
घटना भएको चार दिनपछि दुईजना युवालाई प्रहरीले पक्राउ ग¥यो । स्थानीयवासीको भनाइ र फो न कल डिटे लको आधारमा दुईजनालाई अनुसन्धानका लागी फागुन २४ गते भालुबाङ प्रहरीले नियन्त्रणमा लियो । घटनाको थप अनुसन्धान गर्न पक्राउ परे का दुईजनालाई भालुबाङ प्रहरीले अर्घाखाँची प्रहरीलाई बुझायो । अहिले गढवा गाउपालिका वडा नं.१ कालाकाटे निवासी विक्रम राना र राप्ती गाउपालिका वडा नं। १ निवासी दिवस शाही ठाडा इलाका प्रहरी कार्यालय अर्घाखँचीको नियन्त्रणमा छन् ।
हत्याको आरोपमा पक्राउ परेका दुबै जनालाई कारर्वाही हुन्छ कि हुदैन भन्नेमा आसंका रहेको बसन्तले वताउँनुभयो । हाम्रो पहुँचमा प्रहरी प्रशासन छैन खै कस्ले न्याय दिन्छ उहाँले भन्नुभयो । जन्डिसको बिरामी परेका बसन्त छोरा छोरीलाई पालन पोषणका लागि समेत समस्या भएको बताउँदै आफु श्रीमतिको न्यायका लागि हिडडुल गर्ने अबस्था समेत नरहेको दुखेसो पोख्नुभयो ।
प्रहरीले पनि यस घटनालाई गम्भिर रुपमा नलिएको बताउँदै त्यसका लागि कसैबाट पनि आफुले सहयोग नपाएको वताउँनुभयो । प्रहरीले घटनालाई गम्भीरतापूर्वक नहे रे को मुस्कानका श्रीमान बसन्त परियारले वताउँनुभयो । प्रहरीले घटनाका आरो पीहरुलाई आइतवार जिल्ला अदालतमा म्याद थप गरे र अनुसन्धान जारी राखे को इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख कमल परियारले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।