मानव बेचबिखन मुद्दामा वडाध्यक्ष नै ३७ वर्ष जेल



सैघाली खबर, चैत ९नुवाकोट । वडाध्यक्ष सुनबहादुर तामाङ मानव बेचबिखन मुद्दामा दोषी ठहरिए पछि जिल्ला अदालतले उनलाइ ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । तामाङ दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष हुन ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदसंगै जरिवानाको फैसला गरेको हो । तामाङसहित शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले बताए ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौँ जिल्ला अदालतमा समेत दायर गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्