नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई यस्तो भनेपछि



सैघाली खबर,
काठमाणडौ ९ चैत्र।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा इतिहासमै लोक लोक हँसाउने प्रधानमन्त्री भएको बताएका छन्।
कांग्रेसको केन्द्रिय समिति बैठकमा चुनावी समिक्षाको प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएका हुन्।

 

‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ।’ उनले देउवालाई कटाक्ष गर्दै भनेका छन्,’ सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु पर्‍यो रु यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ रु’

सभापतिमा राजनीतिक सुझबुझ नहुँदा बाम गठबन्धनले निर्वाचन जितेको भन्दै उनले देउवाको आलोचना गरे।

‘हाम्रो सभापतिजीले राजनीतिक धैर्यता सझबुझ नदेखाएकोले त्यही पृष्ठभूमीमा टेकेर कथित वाम गठबन्धनले निर्वाचनमा सफलता प्राप्त गरिहँदा हामीले दुःखद पराजय भोग्नुपरेको यथार्थलाई भुल्नु हुँदैन’ सिंहले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्