दिपक बोहरा दाङ ९ चैत्र ।
कुनै बेला बिद्यार्थीहरु भरिभराउ हुने सामुदायिक बिद्यालयहरु पछिल्लो समय सुनसान बन्दै गएका छन् । सामुदायीक बिद्यालय प्रति बिद्यार्थीहरुको आर्कषण घट्दै गईरहेको छ । सामुदायिक बिद्यालयहरुको नतिजा पनि खस्कदै जान थालेपछि बिद्यार्थीको संख्या कहालिलाग्दो छ । चालु शैक्षिक शत्रमा दाङका करिब आधा सामुदायीक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी रहेका छन् ।
कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुको तथ्याङ्क हेर्दा दाङका आधा सामुदायीक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी रहेका छन् । जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार दाङका एक सय ९४ सामुदायिक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी छन् । दाङमा भएका चार सय १९ सामुदायीक बिद्यालय मध्य जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्कमा कक्षा १ देखी ५ सम्मका बिद्यार्थीहरुको संख्या हेर्दा एक सय ९४ सामुदायिक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी रहेको पाईएको हो । कुनै बिद्यालयमा भने ३० जना मात्रै बिद्यार्थी रहेको पाईएको छ ।
जिल्ला शिक्षा कार्यालय दाङका शिक्षा अधिकार रमेश मैनालीका अनुसार एउटा कक्षामा कम्तिमा ४० जना बिद्यार्थी हुनुपर्छ । उनले १ देखी ५ सम्ममा कम्तिमा पनि दुई सय बिद्यार्थी हुनुपर्ने भएपनि अहिले दाङका धेरै सामुदायीक बिद्यालयमा बिद्यार्थीकोे संख्या आबश्यकता अनुसार नभएको बताए ।
जिल्ला शिक्षा कार्यालय दाङको तथ्याङ्क अनुसार तुलसीपुर उपमहानगरपालिकाका ८२ सामुदायिक बिद्यालय मध्य ४६ बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी छन् । त्यस्तै घोराही उपमहानगरपालिकाका ९९ सामुदायिक बिद्यालय मध्य ५७, लमही नगररपालिकाका २८ सामुदायिक बिद्यालय मध्य १२ , बबई गाउँपालिकाका ३४ सामुदायिक बिदालय मध्य २६, शान्तिनगर गाउँपालिकाका २७ सामुदायीक बिद्यालय मध्य १६, दंगिशरण गाउँपालिकाका १४ सामुदायिक बिद्यालय मध्य १४ वटा सामुदायीक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी छन् ।
त्यस्तै बंगलाचुली गाउँपालिकाका ४१ सामुदायि बिद्यालय मध्य ११, राजपुर गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्य २०, राप्ती गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्य २०, गढवा गाउँपालिकाका ३२ सामुदायिक बिद्यालय मध्य ८ वटा सामुदायिक बिद्यालयमा एक सय भन्दा कम बिद्यार्थी रहेका छन् ।
पछिल्लो समय दाङका समुदायीक बिद्यालयहरु पनि सुनसान बन्दै गएका छन् । बिद्यार्थी र अभिभाबकहरु निजि बिद्यालय तर्फ आर्कषित हुँन थालेका छन् । धेरै सामुदायिक बिद्यालयमा आबश्यता अनुसार बिद्यार्थी छैनन् । सामुदायिक बिद्यालयहरुमा शैक्षिक गुणस्तर खस्कदै जानुका साथै बिद्यालय ब्यबस्थापनमा फितलो हुँदा बिद्यार्थीको संख्या घट्दै गईरहेको शिक्षाबिद मोहन ज्ञवालीले बताए ।
उनले बिद्यालयमा बिद्यार्थी मैत्री वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा सामुदायीक बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने बताए । ‘बिद्यालयहरु बालमैत्री नहुँदा बिद्यार्थीहरुको आर्कषण बढ्न सकेको छैन्’ उनले भने‘बिद्यार्थीको संख्या बढाउन बालमैत्री बिद्यालय आबश्यक छ ।’ त्यसका लागि बालबालिकाका लागि उपयूृक्त भौतिक पूर्बाधार, खेलकूदलगायतको ब्यबस्था हुन आबश्यक रहेको उनको भनाई थियो । सामुदायीक बिद्यालयको गुणस्तरीयता सुधारका लागि स्थनीय सरकार, राजनीतिकदललगायत सरोकारवालाहरुले पहल थाल्नु पर्ने उनको भनाई थियो ।
उनले अहिले सबै सामुदायिक बिद्यालयमा आबश्यक दरबन्दी शिर्जन नगरिएको र दरबन्दी भएका बिद्यालयमा पनि दरबन्दी अनुसारका शिक्षक नपठाउनुले पनि सरकारी बिद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको उनको भनाई छ ।
साथै उनले प्रबिधिमैत्री शिक्षा हुन आबश्यक रहेको बताए । बिज्ञान र प्रबिधिको तिब्र बिकास भईरहेको अबस्थामा परम्परागत शिक्षण सिकाईले शैक्षिक गुणस्तर बृद्धि गर्न असम्भब रहेको उनको भनाई थियो । साथै ब्यबहारिक शिक्षामा पनि जोड दिनुपर्ने उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।