पार्बती बस्नेत,
घोराही ९ चैत्र।
७दिने प्रशिक्षक योग शिविरको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।
योग प्रशिक्षक भुपेन्द्र अधिकारीको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा अञ्चल अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्य एंव राप्ती अंञ्चल प्रभारी शारदा पोख्रेलको विशिष्ट आथित्यमा सम्पन्न ७दिने योग शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले योगले मानिसलाई निरोगी,स्वस्थ्य र फुर्तिलो बनाउने हुदा हरेक ब्यक्तिले आज योग सिक्न जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले योगले मानिसको जिवनमा सकारात्मक सोचको बिकासका साथै स्वस्थ्य समाजको पनि निर्माण गर्न सकिने हुदा समाज समृद्धिको दिशातिर बढ्ने बताउनुभयो।
यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राप्ती अंञ्चल प्रभारी शारदा पोख्रेलले योग हरेक रोगको निवारणको औषधि भएकालेपनि योग साधना अपरिहार्य रहेको बताउनुभयो । यहि चैत ३ गतेबाट सुरुभएको ७दिने योगशिविरमा ३१जना योग साधक साधिकाहरुको सहभागिता रहेको थियो ।
आज योग शिविर समापन कार्यक्रममा जिल्ला उपाध्यक्ष उदय बहादुर डाँगी,जेष्ठ नागरिक योग शिक्षक बलदेब अधिकारी,योग शिक्षक हल समिति सचिब मिना विष्ट,डाक्टर दिपिका सुबेदी,प्रध्यापक मेघ बहादुर अधिकारी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उद्योगी ब्यवसायी नारायण आर.सी.ले गर्नुभएको थियो । समापन कार्यक्रममा नगरसमिति कोषाध्यक्ष योग शिक्षक मधुमालति अधिकारीलाई अतिथिको रुपमा सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।