मेयरको वारेमा समाचार लेखेको भन्दै पक्राउ गरिएका पत्रकार सागर र विष्णुलाई प्रहरीले छोड्यो



घोराही । दाङ

व्यापक आलोचना र पत्रकारलाई समाचारकै कारण पक्राउ गरेको भन्ने समाचार आएपछी प्रहरी ब्याक भएको छ । सगरमाथा सिमेन्टले जनतालाई हानी नोक्सानी गरेको समाचार प्रकाशित गर्दा मेयरको मानमर्दन भयो भन्दै व्यापक राजनैतिक दबाब सृजना गर्दै पत्रकारलाई पक्राउ गराउने पक्षलाई बोलाएर प्रहरीले टेबल टल्क गराएर छोडेको छ ।

जनताको अवाज प्रतिबिम्बित भएको भिडियोमा आक्रोशित महिलाहरुले गाली गरेको र अशिष्ट भाषा प्रयोग भएको भन्दै उजुरी परेकोले प्रहरीले पक्राउ गरेको नभएर छलफलमा बोलाएको बताएको छ । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल जाने संवैधानिक व्यवस्थालाई कुल्चँदै जिप्रका दाङले प्रेस काउन्सिलको अधिकार क्षेत्रमा पर्ने विषयमा हात हालेपछी बिबाद उत्कर्शमा पुगेको थियो ।

यश सम्बन्धी समाचार प्रकाशन भएपछी छलफलकोलागी बोलाएको भन्दै दुबै पक्षबिच रहेको मिस अन्डरस्ट्यान्डिङ हटाउन बोलाको तर पत्रकार पक्राउ नगरेको बताउँदै पत्रकार सागर थापा र पत्रकार विष्णु कुमार देवकोटालाई छोडिएको छ । सगरमाथा सिमेन्ट फ्याक्ट्रीको प्रदुषणले पिडित बनेका जनताको आवाजलाई प्राथमिकतामा राखेर सहयोग गर्दा उल्टै प्रहरीले आफ्नो कार्यक्षेत्र नाघेको निष्कर्षमा पुगेर सिमेन्ट कम्पनीबाट पिडितहरुले आन्दोलन गर्दै चक्काजाम सम्म गर्ने भन्दै घोराही उपमहानगरपालिका घेराउ गर्न पुगेका थिए ।

बिबाद उत्कर्षमा पुगेर प्रहरी आफै बिचमा परेको थियो । स्रोतका अनुसार ठुलै नेताको फोन आएपछी बाध्य भएर प्रहरीले पत्रकार पक्राउ गरेको तर आफै बिबादित हुने अवस्था आएपछी मेलमिलाप गराएर पठाएको हो । विभिन्न अनलाइनमा समाचार आएपछी र जनदबाब आएपछी ब्याक हुँदै मेलमिलाप गराएर पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्