सहमतिबाटै दाङमा स्थायी राजधानी ल्याउने मुख्यमन्त्री पोखरेलको उद्योष



सैघाली खबर 
दाङ, १० चैत्र ।प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेले सहमतिबाट दाङमा स्थायी राजधानी ल्याउने उद्योष गर्नु भएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उहाँले प्रदेशको राजधानी भए बिकास हुने नभए नहुने भन्ने मानसिकता त्याग्न समेत आग्रह गर्नुभयो ।

दाङको विकास गर्ने जिम्मा आफुहरुले लिएको भन्दै उहाँले गुरु योजनाबाट मात्रै विकासको सम्भब रहेको बताउनुभयो ।मुख्यमन्त्रि पोख्रेलले आर्थिक व्ययभार र चलायमानलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई निर्देशन दिनुभयो ।सक्ने, चलायमान बनाउन सक्ने र नबाझिने गरी कानुन बनाउन निर्देशन दिनुभएको हो ।

उपमहानगरले दोस्रो नगरसभाबाट आधा दर्जन बिभिन्न बिषयका कानुनहरु पारित गर्ने तयारी गरेको छ । मुख्यमन्त्री पोख्रेलले कानुन बनाउने तर कार्यान्वयनमा समस्या भए राम्रो सन्देश नजाने भन्दै आर्थिक व्ययभारलाई टेकेर र व्यापक छलफलबाट मात्रै कानुन बनाउन निर्देशन दिनुभयो ।

संघियताको अभ्यासमा तीन वटै तहबाट सरकार सञ्चालन भए पनि प्रदेश र स्थानिय तहहरु जनशक्ति र भौतीक पूर्बाधारको अभाबमा रहेको बताउनुभयो । साथै आफुले केन्द्र सरकार सँग प्रदेश र स्थानिय तहहरुलाई सहजरुपमा सञ्चालन गर्नका लागि आवस्यक जनशक्ति तथा भौतिक संरचनाहरुलाई पूर्णता दिन ध्यानआकर्षण गराएको बताउनुभयो ।स्थानिय तहहरु एक आपसमा समन्वय र सहयोगी बनेर अघि बढनु पर्नेमा जोड दिदै मुख्यमन्त्री पोख्रेलले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई गुरुयोजनामा समाबेश गरेर विकासको मार्गमा अघि बढ्न सुझाब दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्