मन लोभ्याउँने धारापानी



सैघाली खबर

दाङ, १० चैत्र । शनिवार बिहानै धारापानी मन्दिर तिर्थालुको निकै घुईचो देखिन्थ्यो । कुनै समय सुनसान हुने मन्दिर आजभोली दिनहु जस्तो तिर्थालुको घुईचो देख्न सकिन्छ । तिरमा बबई नदी घना जंगलले बिचमा मन्दिर त्यस माथि विश्वकै अग्लो त्रिशुलले कस्को पो मन नछोला ?

पाण्डवेश्वर मन्दिर पछिल्लो समय ग्रामीण पर्यटकीयस्थलको रुपमा विकास हुन तिर्थालुको घुईचो बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले वताउानुभयो हाल मन्दिर परिसरमा महादेव,गणेश, हनुमान, राधाकृष्ण र सूर्यनारायणका मन्दिर, हवनकुण्ड, नन्दीको मूर्ति, धर्मशाला, भजनकृतन स्थलपनि निर्माण भएको छ ।
जसका कारण कारण धारापानीको पर्यटकीय आकर्षकको केन्द्र बन्दै गएको उहाँले वताउँनुभयो ।

 

झण्डै दुई सय पहिले गुरुवा गाउँका चौधरीहरु काठ काट्ने क्रममा साजको रुख दिनभर काटदा पनि रुख नढलेको र अकर्काे दिन जाँदा काटेको ठाउँ पुरिएर रुख पहिलेको अवस्थामा देखिए पछि सबै मानिसहरु अचम्म भएको तयसको संरक्षणमा आफुहरु जुटेको अध्यक्ष देवकोटाले उल्लेख गर्नुभयो । धारापानी वरपरका गाउँहरुमा ग्रामीण पर्यटनको सम्भावाना समेत बढेको उहाँले बताउँनुभयो ।

 

धारापानीमा होमस्टे संचालन गरे दाङको विकासमा सहयोग पुग्ने वताउँनुभयो ।स्थानीय समुदायको कला, संस्कृति, भेष–भुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा ग्रामीणक्षेत्रबाट अवलोकन गर्नसक्ने प्राकृतिक दृश्यावलोकन गराउँनका लागि आफुहरु लागेको मन्दिर वयवस्थापन समितिका सचिव विष्णुराम आचार्यले वताउँनुभयो ।

 

मन्दिरको दिगो विकासको लागि अहिले देखिनै ग्रामीण पर्यटनको अबधारणलाई अगाडी बढाउन सुरु गरेको उहाँको भनाई छ ।सरिकोटमा भ्यूटावरको निर्माण, मन्दिर परिसरमा सरसफाई, खानेपानीको उचित प्रबन्ध, पक्की सडक र बबई नदिमा पुलको ब्यबस्थपानका लागि आफुहरु लागेको सचिव आचार्यको भनाई छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्