प्रदेशमा शुसासन कायम गर्छाै मन्त्री केसी



सैघाली खबर
दाङ १० ,चैत । पाँच नम्बरका आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशमा शुसासन कायम गर्न लागि पर्ने वताउनु भएको छ । यसै वर्ष प्रदेशले धेरै काुनुन वनाउन आवश्यक रहेको भन्दै मन्त्री केसीले शुसासन सम्बन्धि कानुन जनमैत्री र कडा हुने बताउनु भएको हो । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको पाँच नम्बर प्रदेशको प्रथम भेलालाई लमहीमा उद्घाटन गर्दै केसीले यस्तो बताउनुभएको हो ।

“यस वर्ष धेरै कानुन बनाउनु छ । यस मध्येको शुसासन सम्बन्धि कानुन जनमैत्री र कडा वन्छ”। मन्त्री केसीले भन्नुभयो ।”कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कानुन मन्त्री केसीले शुसासन शान्ति सुरक्षा कायम राख्न हरदम तयार रहेको भन्दै कानुन विपरीत जानेलाई कानुनको दायरामा ल्याइने दावी गर्नुभयो ।

जनताको मौलिक अधिकारलाइ ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने भन्दै मन्त्री केसीले त्यसको लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो । पाँच नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउन सकिने धेरै सम्भावना रहेको भन्दै पाँच वर्ष भित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर गराइ छाड्ने बताउनुभयो ।

“अब बाहिर वसेका विशेषज्ञहरु आफ्नो ठाउँमा आएर कम्तीमा पनि १० देखि १५ वर्ष सेवा गर्नपर्छ । त्यसको प्रदेश सरकारले मुल्याङन गर्छ मन्त्री केसीले भन्नुभयो । दक्ष जनशक्तीलाई बाहिर राखेर प्रदेशमा समृद्धि बनाउन नसकिने भन्दै मन्त्री केसीले विज्ञको राय सल्लह सुझाव अनुसार अंघि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि पशुपंक्षी व्यवसायिहरुलाई नयाँ तरीकावाट अंघि बढ्न पनि आग्रह गर्नुभयो ।

पशुपंक्षीको औषधी विदेशवाट आर्यात भइरहेको तर्फ संकेत गर्दै उहाँले अब व्यवसायीहरुले औषधालय उद्योग खोल्नुपर्ने बताउनुभयो । नेपाल पशुपक्षी व्यवसायि संघका राप्ती क्षेत्रका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य बाबुराम बरालको अध्यक्षतामा भएको भेलामा बोल्ने औषधी व्यवसायिहरुले प्रदेश सरकारले कृषि र पशुपंक्षी सम्बन्धी कानुन बनाउन आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्