आन्दोलन सुरु सिमेन्ट कम्पनीको विवाद उत्कर्षमा



दाङको घोराही उपमहानगरपालिकामा रहेको घोराही सिमेन्ट इन्डस्ट्रिजको सिमेन्ट उत्पादन गर्ने फ्याक्टरीको प्रदुषणबाट प्रभावित आन्दोलनरत आन्दोलनकारीहरुको आवाजलाई विभिन्न संचारमाध्यमहरुमा समाचार सम्प्रेसन गरेकै कारण १ महिला आन्दोलनकारी सर्वसाधारण, पत्रकार सागर थापा र बिष्णुकुमार देवकोटाको गिरफ्तारी र गिरफ्तारी पछिको नाटकीय रीहाईको आज सुनपुरमा एक कोण सभाको आयोजनागरी जनताले घोर बिरोध प्रदर्शन गरेका छन ।नेपाल सरकारको नियम, कानुनको उल्लंघन गर्दै मापदण्डभन्दा बढि प्रदुषणका कारण गाई-भैँसी, पालेका जनावर तथा स्थानियवाशीहरु धमाधम बिरामी हुन लागेपछि उक्त क्षेत्रका स्थानिय जनता केहि समय देखि आन्दोलनमा छन् । सोहि बिषयलाई लिएर स्थलगत रिपोर्टिङ्गमा गएका पत्रकारहरु समक्ष घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर निबासी स्थानीय महिला संगिता खनालले उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई गाली गरेपछी मेयरको मानमर्दन गरेको भन्दै पत्रकारहरुलाई शक्तिको दुरुपयोग गर्दै मेयर चौधरीले प्रहरी लगाएर धरपकड गरेपछि त्यहाँका जनता थप आक्रोशित भएका छन । आफ्नो आवाज संबंधित निकायले नसुनेको बेला पत्रकार अवाज बिहिनको आवाज बन्दा पत्रकारालाईनै धरपकड गरेको भन्दै आन्दोलनको सुरुवात स्थानिय जनताले सुरु गरेका छन समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल जाने संवैधानिक ब्यबस्थालाई लत्याउँदै प्रहरीले हस्तक्षेप पछी झनै बिबाद सुरु भएको छ। आक्रोस पोखेको भिडियो संचारमाध्यमहरुमा भाईरल भएपछि सुक्रबार अभिव्यक्ति दिने महिला सहित पत्रकार द्धय बिष्णुकुमार देवकोटा र सागर थापालाई दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको बिषयलाई लिएर सिमेन्ट उद्योग प्रभावितहरु रिहाईको माग गर्दे घोराही उपमहानगरपालिकाको कार्यलय र जिल्ला प्रहरी कार्यालयमा धर्नामा समेत बसेका थिए । व्यापक जन दवाव र आलोचना सहित समाचारहरु प्रकाशित भएपछी प्रहरीले नाटकिय ढंगले पत्रकारहरुलाई छोडेको थियो । संविधानले समाचारमा चित्त नबुझे प्रेस काउन्सिल जाने बाटो दिएको छ भने प्रहरीले संविधान लत्याउँदै प्रेस काउन्सिलको अधिकारक्षेत्र कुल्चँदै समाचारको विषयमा पत्रकार पक्राउ गर्नु घोर अपराध हो । यसै बिषयलाई लिएर आज सोही सुनपुरमा कोणसभाको आयोजनागरी आन्दोलनकारीहरुले प्रहरी धरपकडको बिरोध गरेका छन् । आन्दोलनकारीहरुले अनुमति दिनेहरुलाई समेत कार्वाहि गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । कोण सभामा बोल्ने बक्ताहरुले आन्दोलनकारीहरुमाथि धरपकड गरी आन्दोलन तुहाउने चलखेल भएको भन्दै आन्दोलनलाई चर्काएर लैजाने बताएका छन । कोण सभामा बोल्दै सिमेन्ट उद्योग प्रवावित संघर्ष समितिका संयोजक भरत राज देवकोटाले भन्नु भयो “ हामि माथी अपराध भएको छ , अपराध कर्ममा सहयोग गर्नेहरुपनि अपराधिहरु नै हुन् बिद्यालय र स्वास्थ्य चौकि तथा घना मानविय आवादी भएको बस्तिमा उद्योग खोल्न दिने अपराधिहरुको पहिचानगरी उद्योगको थप स्तरोन्न्ति रोक्ने दायित्व जनप्रतिनिधिहरुको हो” देवकोटाले आन्दोलनकारीहरुलाई हतोत्साही पर्दे आन्दोलन तुहाउन केहि तत्वहरु लागि परेको भन्दै देवकोटाले “गरी खाने बाताबरण श्रीजना गर्न सम्बन्धित सबै सरोकारवालाहरलाई आग्रह गर्नुभयो । संयोजक देवकोटाले थप ३००० मेट्रिक टन उत्पादन गर्ने अनुमति प्रदान गर्ने तत्कालिन घोराही उपमहानगरपालिकाको अनुमति सहितको सिफारीसलाई रद्धगर्ने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई आग्रह गर्नुभयो । कोणसभामा बोल्ने बक्ताहरुले लोकतान्त्रिक मुलुकमा आफ्नो कुरा राख्न पाउने संबैधानिक अधिकार लाई कसैलेपनि उल्लंघन गर्न नुहने भन्दै आम जनताको मुख थुन्नेकाम कुनैपनि हालतमा सैह्य नहुने बताएका थिए । कोणसभामा संयोजक भरत देवकोटा, सदस्यहरु दिल बहादुर घर्ति, बसन्त घिमिरे, स्थानीय गीरीराज सुबेदी, नेपाली काँग्रेसका उपसभापति कमान सिंह भारति, पक्राउपछि रिहा गरीएकि संगिता खनाल, सिता पाण्डे लगाएतले कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्