नेवार समुदायको संस्कृति, परम्परा समयानूकुल परिमार्जन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्ने



दाङ्ग, १० चैत ।

नेवार समुदायको एकता कायम राख्दै यहाँकोे सांस्कृतिक विविधतामा आफ्नो समुदायको पहिचानलाई पनि अग्रस्थानमा पु¥याउन सबैको महत्वपूर्ण भूमिका हुनेमा आज (शनिबार) घोराहीमा आयोजित कार्यक्रमका वक्ताहरु जोड दिएका छन् । नेवाः मिसः दबू घोराहीद्वारा चैते अष्टमीको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी

वक्ताहरुले नेवार समुदायको संस्कृति, परम्परा समयानूकुल परिमार्जन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्ने बताएका हुन् । त्यस्तै उनिहरुले सबैमा आफ्नो समुदायप्रतिको दायित्व र अपनत्वको भावना विकास गराउन सहभागीहरुलाई आग्रह गरेको थिए ।

नेवाः मिसः दबू घोराहीका अध्यक्ष भवानी राजभण्डारीको अध्यक्षता एवम् प्रदेश नं. ५ का सभासद अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा घोराही उपमहानगरपालिका १५ काठेकोहल निवासी गंगा श्रेष्ठले भिमसेन मन्दिर परिसरमा गणेश मन्दिर निर्माणका लागि आवश्यक आर्थिक रकम सहयोग गर्ने बताउनु भएको थियो ।

नेवार सेवा समिति घोराही तदर्थ समितीका कोषाध्यक्ष टिका श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेवाः मिसः दबू घोराहीका उपाध्यक्ष मंगला श्रेष्ठ, सल्लाहकार मथुरा प्रसाद श्रेष्ठ, नेवार सेवा समिती दाङ्ग अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, नेवार सेवा समिती घोराही तदर्थ समिती अध्यक्ष मदन कुमार श्रेष्ठ, सचिव नवराज श्रेष्ठ लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण नेवाः मिसः दबूका सचिव कृष्णा श्रेष्ठले गर्नुभएका थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्