आखिर किन गरे वडा सदस्यले नगरसभालाई बहिस्कार ?



नवीन अभिलाषी

दाङ, चैत्र १० । वडा सदस्यहरुले बहिस्कार गरेपछि घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभा स्थगित भएको छ । सेवा सुविधाको माग सहित कार्यविधि जवरजस्ती रुपमा पास गर्न खोजेको भन्दै वडा सदस्यहरुले विरोध जनाएर बाहिरीएका थिए ।

नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सेवा सुविधा अन्र्तगत तलव तोकिने र निर्वाचित नै भएका वडा सदस्यहरुको सेवा सुविधाहरु केही पनि नभएको भन्दै वडा सदस्यहरुले माग राख्दै आएका थिए । साथै नगर सभाले पास गर्नु पर्ने कार्यविधिहरु छलफल विना नै निर्माण भएको र आफुहरुले अध्ययन गर्ने समय नै नदिएर पास गर्न खोजेको भन्दै नगरसभाबाट बाहिरिएका थिए ।

‘सुविधाको विषय कि सबैलाई हुनु पर्छ । हैन भने कसैलाई हुनुहुन्न । कसैलाई काखा र कसैलाई पाखा गर्ने परिपाटीले भोलीका दिनहरुमा राम्रो गर्दैन ।’ वडा नम्बर १५ का वडा सदस्य दिलिप डिसीले भन्नुभयो, ‘नगर सभामा पास गर्न ल्याईएका कार्यविधिहरु जवरजस्ती पास गर्न खोजेपछि हामी बाहिर निस्केका हौँ ।’ कार्यविधि अध्ययन गर्न आफूहरुलाई एक साताका समय दिनु पर्ने उहाको भनाई छ । वडा नम्बर ४ का दलित महिला सदस्य लिला गोतामेले पनि आफुहरुले सेवा सुविधाको विषयलाई उठाउदै आएको भएपनि सुनुवाई नभएको बताउनुभयो ।

मेयर नरुलाल चौधरीले भने वडा सदस्यहरुले बहिस्कार नगरेको बताउनुभयो । आजको नगरसभामा एजेण्डा मात्रै प्रस्तुत गरेर स्थगित गरीएको जानकारी गराउनु भयो । उहाले अर्को सभा १६ गते बोलाईएको समेत जानकारी गराउनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्