नेपाल पत्रकार महासंघले गणेश आचार्य माथी परेको उजुरीको छानविन प्रतिबेदन सार्वजनिक



सैघाली खबर
दाङ,११ चैत
नेपाल पत्रकार महासंघका साधारण सदस्य गणेश आचार्यमा परेको उजुरीका सम्बन्धमा छानविन गर्न बनेको समितिले प्रतिबेदन सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको तेह्रौं नियमित बैठकको अबसरमा समितिले प्रतिबेदन सार्वजनिक गरेको हो ।

पत्रकार आचार्य माथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न अध्यक्ष सबिन प्रियासन संयोजक र सल्लाहकारद्धय सुदीप गौतम र के.एल पीडित सदस्य रहेको छानबिन समितिले तयार पारेको प्रतिवेदन माथि आवश्यक छलफल सहित सर्वसम्मतिले पारित समेत गरेको हो ।

प्रतिबेदनमा पत्रकार गणेश आचार्यले रकम लिएको सन्दर्भमा आरोप लगाउने पक्षले ठोस प्रमाण पेश गर्न नसकेको, पैसा लेनदेनको कुनै ठोस प्रमाण नभेटिएको र यसै सन्दर्भमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा समेत दर्ता भएकोले सम्मानित अदालतको क्षेत्राअधिकारको सम्मान गर्दै अदालतको फैसला बमोजिम महासंघले थप कदम चाल्ने बताएको छ ।
रकम लिएको भनेको दिन आरोप लगाउने पक्षसंग निज आचार्यले भेटेको, संगै बसेर खानपिन गरेको र समाचार तयार गरेको लामो समयपछि मात्र प्रसारण गरेको पाइएकोले विवादास्पद व्यक्तिहरुसंग अस्वाभाविक बसउठ गर्नु र तयार पारेको समाचार लामो समयसम्म रोक्ने कार्य समेत प्रचलित पत्रकार आचार संहिता विपरीत कार्य भएको प्रतिबेदनमा उल्लेख छ ।

साथै निज आचार्यका विपक्षमा पटक पटक उजुरी पर्नु र बारम्बार पत्रकारितासंग असम्बन्धित विषयमा समेत विवादमा परिरहनुले निजलाई पत्रकारिताको मुल भावना र मर्मलाई आत्मसात पत्रकारिता गर्न र आचारसंहिताको पुर्ण पालना गर्न सचेत गराएको छ ।

शाखा अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता एवं सल्लाहकारद्धय सुदीप गौतम र दुर्गालाल केसीको आतिथ्यतामा धारापानी मन्दिरमा बसेको बैठकले नेपाल पत्रकार महासंघको यही चैत्र १६ गते परेको स्थापना दिवसको उपलक्ष्यमा बिहान प्रभातफेरी र त्यसपछि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै बैशाख ८ गते नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै शाखाको वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

 

शाखाको बैठक व्यवस्थापनका लागि सहयोग गर्ने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै मन्दिरको समग्र विकासका लागि नेपाल पत्रकार महासंघ दाङ शाखा संधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्